दोहा - "लुम्बिनी प्रदेश समन्वय परिषद कतार"को दोस्रो अधिबेशन सहानिया स्थित (अल दोसरी जु पार्कमा ) सम्पन्न भएको छ । अधिबेशनबाट बुद्घ पान्डे पुनः दोस्रो कार्यकालका लागी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छ्न ।
संस्थाका अध्यक्ष बुद्ध पान्डेको सभापतित्व भएको कार्यक्रमका प्रमुख अतिथि सामाजिक ब्यक्तित्व कमलमणि गुराँगाई रहेका थिए । त्येसैगरि संस्थाका सल्लाहकारहरु, लुम्बिनी प्रदेश अन्तर्गतपर्ने जिल्लागत संस्थाका अध्यक्षहरु, विभिन्न सामाजिक तथा बौद्धिक ब्यक्तित्वहरु लगायत परिषद सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
दिप प्रज्वलन, रास्ट्रियगान गाउँदै उट्घाटन गरिएको औपचारिक कार्यक्रममा सिवान्सी कुवँरले स्वागत गीतमा नृत्य गरेकी थिइन भने प्रथम उपाध्यक्ष ठाकुर कुमार परियारले उपस्थित सम्पुर्णलाई मन्तव्य मार्फत स्वागत गरेका थिए ।
प्रमुख अतिथि गुराँगाईले मन्तव्यको क्रममा संस्था स्थापना भएपछि परिषद कतारले आर्थिक,नैतिक तथा भौतिक रूपमा थुप्रै कार्यहरु गरेको बताए । हामी गौतमबुद्ध जन्मेको प्रदेश, बिकाश तथा समृद्धि साथै पर्यटनको हिसाबले अगाडि रहेको अवगत गराउदै रोजगारीको शिलशिलामा कतारमा सिकेका श्रम, सिपलाई आफ्नो प्रदेशमा गएर प्रयोग गरी समृद्ध प्रदेशको रुपमा परिचय दिनुपर्नेमा जोड दिएका थिए ।
विभिन्न प्रतिकुल परिस्थिति बाबजुद लामो समयदेखी रोकिएको प्रदेश अधिबेशन सम्मपन्न हुनु समय सान्दर्भिक रहेको बताउदै विषम परिस्थितिमा पनि यहाँसम्म ल्याउन योगदान पुर्याउनुहुने सम्पुर्ण कार्यसमिती प्रति आभार ब्यक्त गर्दै नयाँआउने कार्यसमितिलाई बधाई सहित शुभकामना प्रकट गरेका थिए।
संस्थाका सल्लाहकारहरुमा केबि हमाल, अर्जुन प्रसाद भट्टराई, एनआरएनए कतारका सचिव दिपजंङ्ग शाह, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोख्रेल,जनसम्पर्क समिति कतारका अध्यक्ष अजित अलि,जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारी, नेपाली महिला समाज कतारका अध्यक्ष सरिता भन्डारी पौडेल,पत्रकार महासंघ कतारका सचिव अर्जुन पौडेल, सम्पूर्ण परिषद संस्थाहरुको तर्फबाट टेकराज थापा, परिषद सदस्यहरुको तर्फबाट कमल अर्याल, गन्डकि प्रदेश कतारबाट सागर पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनको लागि कलाकारहरु सन्ध्या अर्याल, जिया हमाल,कृजलपन्थी लगायतले मातृभुमी रास्ट्रप्रति समर्पित गीत" नेपाली हामी रहौला कहाँ नेपालै नरहे " बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरि बिकाश सुनार, शान्ती ओली, दीपेन्द्र सुनार,सुरेश बिसी, बिजय भट्टराई लगायतका कलाकारबाट पनि उत्कृष्ट सांस्कृतिक प्रस्तुती राखेका थिए।
संस्थाका महासचिव डिल्लीराम भट्टराईद्वारा सहजीकरण गरिएको कार्यक्रममा स्वयं आफैले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । संस्था स्थापना पछि विभिन्न समयमा देशमा आउने दैविक प्रकोपमा आर्थिक सहयोग, विस्वव्यापी रुपमा फैलिएको कोरोनाको कहरमा सिलिन्डर अभियानमा सहयोग, छिट्टै संचालन हुने क्रममा रहेको देशको दोस्रो अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल भैरहवामा परिषद कतारको लोगो अंकित “ट्रली” यात्रुहरुले प्रयोगका लागि दिने निणर्य गरेको प्रगती प्रतिबेदनमा बताए ।
सह-कोषाध्यक्ष देवराज पुनले आर्थिक आय व्याय प्रस्तुत गर्दै संस्थाको अहिले सम्मको आम्दानी रकम (२७५१९) खर्च रकम (७८३०) र बचत रकम ( १९६८९ ) रहेको जानकारी गराए । कार्यक्रममा संस्थालाई विभिन्न समयमा सहयोग पुर्याउनुहुने ब्यक्तित्वहरुलाई खादा ओढाई सम्मान पत्र प्रदान गरिएको थियो।
खुल्ला सत्र कार्यक्रमको अन्त्यमा सभापति बुद्ध पान्डेले बोल्दै, झन्डै साडे तीन बर्ष सम्म संस्थाको नेतृत्व गरेको बताउदै (कोभिड १९ ) लगायतका विविध कारणले संस्थाको परिकल्पना र लक्ष्य गतिशीलता अनुरुप कार्य गर्न असमर्थ रहेको बताए । सभापती पान्डेले आगामी दिनमा कार्यक्रममा मिलेको सुझाव सल्लाहहरुलाई आत्मसात गर्दै अगाडी बढ्ने बताउदै कार्यक्रम सफल पार्न उपस्थित सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्दै औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेका थिए।
“हामी प्रदेसीको चाहाना, समृद्ध प्रदेश हाम्रो कामना” भन्ने मूल नाराका साथ् सन : २०१८ मा लुम्बिनी प्रदेश बासीहरुको साझा संस्थाको रुपमा कतारमा स्थापित लुम्बिनी प्रदेश कतारमा हाल सम्म १७८ जना परिषद सदस्यहरु रहेका छ्न ।
दोश्रो अधिबेशनबाट अध्यक्ष बुद्ध पान्डेको नेतृत्वमा नवनिर्वाचित कार्यसमितिहरु यस प्रकार रहेका छन।
बरिष्ठ उपाध्यक्ष : डिल्लिराम भट्टराई,
द्वीतिय उपाध्यक्ष : अख्तर हुसेन,
महिला उपाध्यक्ष: मनिषा खड्का,
महासचिव : टेक राज थापा,
सचिवहरु सजन लौडारी र बिकाश गैरे,
कोषाध्यक्ष : देवराज पुन,
सह कोषाध्यक्ष केशर बहादुर खत्री रहेका छन । त्यसैगरी कार्यसमिति सदस्यहरुमा झविन्द्र आचार्य, लक्षमण पौडेल, विवस बेल्वासे, छविलाल परियार, नेत्र आचार्य, कृष्ण पन्थी, विश्वनाथ भट्टराई, बलराम जैसी र समुन्द्र खड्का लगायतका रहेका छन।
संस्थाले बलदेव रानाको संयोजकमा ३ जनाको अनुसासन बिभागको गठन गरिएको छ । जस्को सदस्यहरुमा बसन्त राज पुरी र कृष्ण साह रहेका छ्न ।