सिन्धुपाल्चोक - हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काम गर्नलाई प्रतिबद्धता मुख्य नभएको बताएका छन ।
अध्यक्ष शेर्पाले आफुले चुनाव अघि प्रतिबद्धता नगरेका दर्जनौ ऐतिहासिक महत्वका काम गरेको बताएका छन।उनी जनप्रतिनिधि भईसकेपछि वडाभित्र थुप्रै परिवर्तन ल्याएको बताए।
आफुले चुनावमा प्रतिबद्धता जाहेर नगरेका मध्ये चिन पछिको ६० किलोमिटर लामो हेलम्बु ग्रेट ट्रेल हेलम्बुमा निर्माणाधीन अवस्थामा रहेको जसले रास्ट्रीय तथा अन्तरास्ट्रिय रुपमै बिशेष महत्व राख्ने बताएका छन।हेलम्बु गाउँपालिका लाई पर्यटन क्षेत्रमा बिस्तार गर्न पनि यसले खास अर्थ राख्ने छ उनले भने!
अध्यक्ष शेर्पाले आफ्नो यो स्वर्णिम कार्यकालमा शिक्षा स्वास्थ्यमा उल्लेखनीय परिवर्तन गरेको बताउदै हेलम्बु मोरल बिधालयको निर्माण ,दिर्घरोगीलाई निशुल्क औषधि बितरण,शिक्षकको स्वास्थ्य कोष स्थापना,अस्थायी शिक्षकलाई अबकास कोषको ब्यबस्था, शिक्षकलाई स्वास्थ्य बिमा लगाएतको कार्यहरु संचालनमा ल्याएको बताए।
सरकारले प्रदान गर्दै आएको पाँच कक्षा सम्मका विद्यार्थीहरुलाई दिवा खाजा खुवाउदै आएकोमा अन्य विद्यार्थीहरुलाई पनि लाभान्वित गर्ने उदेश्य अनुरुप कक्षा १२ सम्मका विद्यार्थीहरुलाई आफ्नो पहलमा प्रदान गर्दै आएको,अस्पतालमा गर्ववती महिलाहरुलाई प्रसुतिको लागि तीन हजार प्रदान गर्दै आएकोमा ३ हजार बढाएर छ हजार प्रदान ,निशुल्क एम्बुलेन्स सेवा,चुनाव अघि गरिएको प्रतिबद्धता अन्तर्गत सडक निर्माण र बिस्तारलाई पुर्ण रुपमा सम्पन्न गरि हिउदो बर्षा बाह्रै मास संचालन लगाएतका कार्यहरु भएको बताए।
त्यसगरी आन्तरिक तथा बाह्य पर्यटन आकर्षित गरि आर्थिक समृद्धिका लागि वडा नं १ को ङिमादावा पाङ्गाङमा बञ्जी जम्प निर्माणका लागि ७३ मिटर उचाई र तीन सत्तरी मिटर लम्बाई बराबरको गाउँपालिकाको सक्रियतामा बनाउन लागिएको समेत जानकारी दिएका छ।