दोहा । श्री सद्भाव युवा समाज कतारको चौधौँ वार्षिक साधारणसभा तथा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
गत मङ्गलबार कतारको दोहामा अवस्थित शालीमार रेष्टुरेन्टको सभाहलमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष गुणानिधि घिमिरेको सभापतित्व तथा NRNA-NCC कतारका प्रमुख सल्लाहकार उत्तम गुरुङको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा NRNA-NCC कतार, पत्रकार महासंघ कतार, नेपाली महिला समाज कतार लगायत कतारमा स्थापित विभिन्न सङ्गसंस्था हरुको बाक्लो उपस्थिति रहेको थियो
साधारण सभाले चण्डी प्रसाद भुसालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
अध्यक्ष -: चण्डी प्रसाद भुषाल
प्र. उपाध्यक्ष -: टिका बिष्ट
द्वि. उपाध्यक्ष -: बिनोद दुलाल
महासचिव -: विजय गुरुङ
सचिव -: रुस्तम मोक्तान
कोषाध्यक्ष -: रामचन्द्र न्यौपाने
सहसचिव -: भरत गुरुङ
सहकोषाध्यक्ष-: मनिष बोहरा
सदस्यहरू -: टिका राना, राजकुमार निरौला, धर्मराज पोखरेल,दुर्गा उप्रेती, श्री बिष्णु श्रेष्ठ, हेम कुमार चोङवाङ र बिशाल कार्की रहेका छन् ।
नवनिर्वाचित पदाधिकारीलाई संस्थापक तथा संरक्षक पूर्ण बहादुर मगरले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
त्यसैगरि सद्भाव युवा समाज कतारको संरक्षक समितिमा संस्थाका अंग्रज ब्यक्तिहरु पूर्ण बहादुर मगर , भुगोलकाजी श्रेष्ठ ,चोप बहादुर गुरुङ ,शिशिर काफ्ले ,सुरेश तामाङ रहेका छन् ।
संस्थाको सल्लाहकारहरुमा गुणनिधि घिमिरे, प्रकाश जी सी , कृष्णहरि पौडेल, किशोर गुरुङ , छबि भट्ट ,दिपकराज उप्रेती र लाल बहादुर गुरुङ रहेका छन् । सांस्कृतिक बिभागमा प्रमुख राम लामा र सदस्यहरुमा चित्र बहादुर गुरुङ ,रित कुमार राई ,टिका गुरुङ र राजु रायमाझी रहेका छन् ।
लेखा समिति संयोजक सुरज सुबेदी र सदस्यहरुमा नबिन अर्याल र हरि गुरुङ रहेका छन् ।त्यसैगरि संस्थाको प्रविधि बिभागमा डिल्ली तामाङ, नेत्र गुरुङ बिन्दुबाबु तामाङ रहेका छन् हाल समाजमा दुई सय भन्दा बढी साधारण सदस्यहरू रहेका छन् ।कार्यक्रममा कतारमा रहेका विभिन्न कलाकार हरु द्वारा विविध साँस्कृतिक प्रस्तुतिहरु पनि पस्केका थिए ।