गण्डकी प्रदेश -तेह्र वर्ष वैदेशिक रोजगारी गरि स्वदेश फर्किएका तनहुँका युवा दिनेश बिष्टले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा तनहुँ स्थित भानु नगरपालिका वडा नं ३ बाट अध्यक्ष पदका लागी उम्मेदवारी दिने घोषणा गरेका छन।
मुलुकमा पटकपटक भिजन र रिजन नभएका बुढापाका नेताहरु नै निर्बाचित भई हालीमुहाली गरिरहेको परिप्रेक्षमा अबको नेतृत्व युवाको हातमा आउनुपर्छ भन्ने उदेश्यका साथ युवा दिनेश बिष्टले वैदेशिक रोजगारीलाई सदाका लागि बिट मार्दै नेपाल फर्किएर राजनिति संगै समाजिक कार्यमा निरन्तरता दिएका थिए ।
नेपाली काङ्ग्रेसको नगर सदस्य एवं भानु नगर उधोग कोषाध्यक्ष,उद्योग बाणिज्य संघ तुरतुरे ईकाइका पूर्व सभापति, सामान युवा क्लब तुरतुरेका पुर्व अध्यक्ष लगाएत विभिन्न संस्थाको नेतृत्वमा रहि देश र जनताको सेवा गर्दै आईरहेका युवा बिष्टले मुलुकमा युवा नेतृत्वको आवश्यकता रहेको बताउदै भानु नगरपालिका वडा नं ३ को वडा अध्यक्षमा निर्बाचित भई वडाबासी दाजुभाई तथा दिदिबहिनी हरुको सेवा गर्नलाई उम्मेदवारी दिने बताए
। युवा बिष्टले विभिन्न अत्यावश्यक पुर्वाधार निर्माणहरु खेल मैदान,शारीरिक व्यायम सेन्टर ,बाटो घाटो ,पानी पधेरो , युवाहरुलाई रोजगारीको ब्यबस्था ,समाजमा आईपर्ने आपतकालीन समस्याहरु लगाएतलाई पहिलो प्राथमिकता राखेर अगाडी बढ्ने बताएका छन।
उनले जन इच्छा अनुसार काम गरेर भानु नगरपालिकामा रहेका १३ वटा वडा मध्ये वडा नं ३ लाई एउटा उदाहरणको रुपमा चिनाउने बताएका छन।भने कुनै जाती बर्ग क्षेत्र लिङ्ग नभनि समान रुपमा काम गर्ने जनाउदै कुनैबेला पनि जस्तोसुकै अप्ठेरो पर्दा पनि आफुलाई फोन गर्न आफ्नो मोवाईल नं ९८५६०४२७०९ सार्बजनिक गरेका छ्न।आगामी २०७९ वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा स्थानियले अत्यधिक मत दिई जित आफ्नो हुनेमा बिश्वस्त रहेको बताएका छन।