दोहा, कतार / नेपाल मगर संघ, शाखा कतारको आयोजनामा 'सम्पूर्ण मगरहरुको एकता, अहिलेको आवश्यकता' भन्ने मूल नाराका साथ मगर भाषा, लिपी संरक्षण तथा प्रवर्द्धन गर्ने हेतुले मगर भाषा लिपी प्रशिक्षण तथा नेतृत्व विकास कार्यक्रम सम्पन्न भएको छ ।
संघ कतार शाखा अध्यक्ष विवेक पुलामी मगरको सभापतित्व तथा प्रमुख सल्लाहकार विजय मगरको प्रमुख आतिथ्यतामा गत शुक्रबार मिति २०२२ मार्च २५ का दिन कार्यक्रम सम्पन्न भएको हो ।
बिशेष अतिथि नेपाल मगर संघ, शाखा कतारका २०२२/२३ का साँस्कृतिक बाङ्ग (राजा) बिनोद राना मगर, सल्लाहकारहरु भिम तरामु मगर, रमेश कनाैजे मगर, रबिन मगर, अभिमत पुन मगर, नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको सम्पुर्ण एरिया तथा बिभागका पदाधिकारीहरु, कार्यसमितिका पदाधिकारीहरु लगायत दोहा, कतारमा रहेका मगरहरुको बाक्लो उपस्थिति रहेकोे थियोे ।
उक्त प्रशिक्षण कार्यक्रममा मगर ढुट भाषा संघका प्रथम उपाध्यक्ष केशव राना मगरले प्रशिक्षण दिएका थिए भने खाम पाङ भाषा सल्लाहकार अभिमत पुन मगरले प्रशिक्षण दिएका थिए। यसैगरी दोस्रो चरणको नेतृत्व विकास प्रशिक्षण कार्यक्रम नेपाल मगर संघ, शाखा कतारका पुर्ब सचिब तथा वर्तमान सल्लाहकार रबिन मगरले प्रशिक्षण दिएका थिए ।
मगर भाषा, लिपी प्रशिक्षण कार्यक्रमका संयोजक भाषा, लिपी, अध्ययन अनुसन्धान बिभागका संयोजक दिल रोका मगर र नेतृत्व विकास प्रशिक्षण कार्यक्रमका संयोजक संघका संगठन सचिव समिर थापा मगर थिएभने कार्यक्रम सहजीकरण सचिव तिल बिक्रम मगरले गरेका थिए।
कार्यक्रमका सभापति विवेक पुलामी मगरले उक्त कार्यक्रम सभ्य र भब्य रुपमा सफल पार्नको लागि प्रशिक्षकहरुले अत्यन्तै राम्रो तरिकाले प्रशिक्षण तथा महत्त्वपूर्ण समय दिनुभएकोमा धन्यवाद दिएका थिए । साथै उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुले सिकेका कुराहरुलाई व्यबहारमा लागू गर्नुपर्ने जोड दिए ।
यस्तो कार्यक्रम समय समयमा गर्नुपर्ने र अझ व्यापक सहभागिता गराई भाषा, लिपीको संरक्षण गर्नु हामी सबैको कर्तव्य रहेको बताउदै र उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।