ललितपुर - बागमती गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनले प्युटारमा नव निर्मित थाङ्सिङटार अस्पताल भवन निर्माण र उद्घाटन पश्चात् नियमित संचालन गर्नको लागि वार्ड,उपकरण र जनशक्ती ब्यबस्थापन गर्न बजेटको कमी भएको बताएका छन।
नवनिर्मित थाङ्सिङ्टार अस्पताल भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका सभापति तथा गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनले अस्पताल भवन निर्माण प्रदेश सरकारले उपलब्ध गराएको बजेट बाट गरिएको बताए।तर टेन्डर प्रक्रियामा प्राबिधिक त्रुटीले कम्पाउन्ड,वार्ड र केही पुर्वाधार निर्माण गर्न कठिन र भने जस्तो गर्न नसककिएको बताएका छन।
नेपालको संबिधानमा संघ प्रदेश र स्थानिय सरकारको समन्वय र सहकार्यमा बिकासका कार्यहरु सहज रुपमा गरिनुपर्ने भएतापनी तिनै तहमा एउटै पार्टीका जनप्रतिनिधिहरु नहुँदा समस्या उत्पन्न हुने बताए।गाउँपालिकाको भवन निर्माणका बेलाको तितो यथार्थलाई औल्याउदै थाङ्सिङ्टार अस्पतालको भवन मात्र निर्माण भएको छ अब यसको लागि आवस्यक बाकी भौतिक पुर्वाधार निर्माण कम्पाउन्ड,वार्ड,औषधि,ल्याब परिक्षण,उपकरण , डाक्टर नर्स लगाएतका जनशक्ति ब्यबस्थापनका लागि आवस्यक पर्ने आर्थिक लगायतका सहयोग गरिदिन प्रदेश सरकारलाई अनुरोध गरेका थिए।
अध्यक्ष लोप्चनले अस्पताल भवन उद्घाटनका प्रमुख अतिथी माननीय इन्द्र बहादुर वानियाँ,विशेष अतिथी तथा बागमती प्रदेश स्वास्थ्य मन्त्री माननीय निमा लामा लगायतले अस्पताल ब्यबस्थापन र थप सुबिधा बिस्तार गरि यहाँका जनताको स्वास्थ्य सुबिधामा प्राप्त गर्नु पर्ने नैसर्गिक अधिकारको सुनिश्चितताको लागि गर्नुभएका प्रतिबद्धताहरुलाईपनि यथासिघ्र पूरा गरिदिन आग्रह गरेका थिए।
उपत्यकाको कर्णालीका रुपमा परिचित बागमती गाउँपालिका बासीहरुका लागि थाङ्सिङ्टार अस्पताल निर्माण संगै सामान्य स्वास्थ्य उपचारका लागि लामो दुरी पार गरि पाटन जानू पर्ने झन्झट अन्त्य हुने भएको छ।