कतार / लुम्बिनी प्रदेश समन्वय परिषद कतारको दोस्रो अधिबेशन हुने भएको छ ।आगामी १ अप्रिल शुक्रबार २०२२ का दिन (अल दोसरी जु सहानियामा ) हुने भएको हो ।
“हामी प्रदेसीको चाहाना, समृद्ध प्रदेश हाम्रो कामना” भन्ने मूल नाराका साथ् सन : २०१८ मा स्थापना भएको यो संस्था कतारमा रहेका लुम्बिनी प्रदेश बासीहरुको साझा संस्थाको रुपमा रहेको छ । यस प्रदेश अन्तरर्गत रहेका जिल्ला संस्था पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ्ग, रोल्पा, कपिलबस्तु, रुपन्देही, नवलपरासी गरि हाल ९ जिल्ला बाट १७८ नयाँ परिषद सदस्यहरु परिषदमा आवद्ध छन।
जस्को नेतृत्व बुद्ध पाण्डेको गरेका छन। विभिन्न समयमा परिषदले देशमा आउने दैविक प्रकोपमा आर्थिक सहयोग गर्दै आएको छ भने विस्वव्यापी कोरोनाको कहरमा मात्रृभुमि नेपालमा अक्सिजन सिलिन्डरको अभावमा कोहि नेपालीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले सिलिन्डर अभियानमा सहयोग गरेको थियो ।
परिषदले गत फेब्रुअरीमा बसेको बैठकले, संचालको क्रममा रहेको देशको दोस्रो अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल (भैरहवा)मा "लुम्बिनी प्रदेश समन्वय परिषद कतारको नामांकित लोगो सहित ट्रली दिने निणर्य गरेको छ।
अधिबेसनको तयारी अन्तिम चरणमा रहेको संस्थाका महासचिव डिल्लीराम भट्टराईले जानकारी दिए । कतारमा स्थापति संघ संस्थाहरुलाई निमंत्रणको लागी पत्रचार गर्ने कार्य अन्तिम चरणमा रहेको लुुम्बिनी प्रदेश समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष ठाकुर कुमार परियारले बताए ।
उक्तदिन कतारमा रहि व्यवसाय संचालान गर्दै आउनुभएका व्यवसायीहरु बुद्धिजिवी,समाजसेवी, पत्रकार, दाजुभाई दिदिबहिनीहरुलाई उपस्थितको लागी हार्दिक अनुरोध परिषद कतारले गरेको छ ।