मुग्लानी खबर ०१ बैशाख २०७५ नयाँ वर्ष राजेश प्रसाईं `सिनामे´ वैशाख एक गते! नयाँ वर्ष २०७५ हाम्रो घर आगनीमा हर्षौल्लासका साथ आईरहदा धेरै नेपाली दाजुभाई तथा दिदिबहिनिहरुले विभिन्न माध्यमबाट शुभकामना आदानप्रदान गरिरहेका छन त्यसै शिलसिलामा प्रबाश भुमी साउदी अरबियाबाट एक युवाले नयाँ बर्षको शुभकामना आफ्नो कबिता मार्फत यसरी दिए।
हरेक वर्षमा आउँछ!
हामी नेपालीहरूको नयाँ वर्ष,
कति हर्षबढाइँ गर्छौ!
आनन्दले प्रफुल्ल हुन्छौ!
अजायबघर जस्तै,
पुर्खौ पुर्खा देखि,
हामी गौरव गर्न सक्छौ!
छाती ठोकेर भन्न सक्छौ!
पुर्खौली देखि मानेको,
खुसियालीमा आदान प्रदान गरेको,
शुभकामनामय बन्छ!
नयाँ वर्षमा!!
अपसोच पनि छ,
मृत्युञ्जय पक्कै होइन!
सेकेन्ड सेकेन्डमा,
प्रगतिरोधक बन्छ!
कस्लाई के थाहा हुन्छ र,
समयनिष्टहुनेहरुलाई पनि,
यी यस्तै सालहरूले,
चट्क्कै चुडी दिन्छ!
बिडम्वनाको छ अवधि,
आयु घट्दो छ,
मनाउँछौ खुसीयाली,
प्रत्येक बर्ष फेरिने साल,
नयाँ वर्षमा!!
म आफै भ्रमित छु!
भ्रमनिवारण पनि गर्न सक्दिन,उदयकाल,
प्रातःकाल,सायङ्काल,
जहिल्यै आउँछ दिनै पिच्छे,
निरञ्तर आई रहन्छ!
ढल्किदो उमेर क्रममा,
यामहरु बदलिएको देख्छु!
तर...कहिल्यै मनुष्य,
बदलिएको देखिन!
समाज पश्चिमी राष्ट्रको पहिरन,
दक्षिण र उत्तरमा चलेको राजनीति,
अनि देशमा भ्वाङ्ग पार्ने,
जन्मिदै ऋण बोकेर,
जन्म लिनु पर्ने,
नव पुस्ता आउँछन फेरि,
थाम्नै नसक्ने बोझमा,
यस्तै नै साँच्ची हो भने,
प्रत्येक नयाँ वर्षमा!!
अब कोही बिल्कुल,
अनाथ हुदैन!
आगामी सालहरुमा पनि,
वैशाख एक गते नै आउँछ,
बिचार फेरिने छन,
बिकास बढ्नेछन,
आम्दामी बढ्ने छ देशमा,
खाडीमा अरबीको नोकर बन्ने छैनन्,
गाँऊ गाउँ आफै बनाउने छन!
सिङ्गो राष्ट्र बन्ने छ!
भ्रष्टचारीहरू पनि,
विलिप्त आकृति लोप हुनेछ,
अनि पिता पुर्खाको इमानहरु,
१२महिनामा फेरिने,
प्रत्येक नयाँ वर्षमा!!