बागमती प्रदेश- ललितपुर स्थित बागमती गाउँपालिका भट्टेडाडामा युवा उधोगी व्यवसायीहरुलाई लक्षीत गरि संचालन गरिएको दुई दिने नमुना लघु उधोग विकास कार्यक्रम सम्पन्न भएको छ।
'कृषि पर्यटन र पुर्वाधार,समृद्ध र सुखी बागमती गाउँपालिकाको मुल आधार' भन्ने नारा लिएको बागमती गाउँपालिकाको आयोजना तथा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको सहकार्यमा गत चैत्र ७ गते संचालन भई ८ गतेका दिन दुई दिने युवा लक्षीत नमुना लघु विकास कार्यक्रम समापन भएको छ।
सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीका अध्यक्ष दिलमाया तामाङ को सभापतित्व तथा बागमती गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई को बिशेष आतिथ्यता रहेको थियो । त्यसैगरी अतिथीहरुमा लेखा अधिकृत दन्डपाणी पौडेल, स. म.बि नि ,अम्बा बास्तोला ( आचार्य), सहकारी शाखा प्रमुख दिल बहादुर लामा,वडा नं २ का वडा सदस्य कुमारी माया मोक्तान,लक्ष्मी श्रेष्ठ लगायत जनप्रतिनिधिहरु कर्मचारी स्थानिय महिला दिदिबहिनी तथा दाजुभाईहरुको बाक्लो उपस्थिति रहेको थियो। बिशेष गरि नमुना लघु उधोग विकास सम्बन्धी तालिम दिने उदेश्य अनुरुप संचालन गरिएको कार्यक्रममा कुशल प्रशिक्षकद्वारा दैनिक घरमा प्रयोग हुने साबुन हार्पिन ,फिनाईल लगाएतका सामाग्री निर्माण सम्बन्धी तालिम प्रदान गरिएको थियो।तालिम पश्चात् कार्यक्रमका सभापती तथा गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो।दैनिक रुपमा घरमा प्रयोग हुने यस्ता खालका बस्तुहरुको निर्माण गर्ने तालिम लिएर घरमै बसेर उत्पादन गरि प्रयोग गर्न सकिने जसबाट बचत संगै आत्मनिर्भर बन्न ठूलो प्रोत्साहन हुने भएको छ।दर्जनौं प्रशिक्षार्थी सहभागी रहेको उक्त तालिमले गाउँपालिकामा रहेका बेरोजगार युवायुवतिहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउदै आर्थिक समृद्धि तिर लैजाने सक्रिय भुमिका खेल्ने छ।
कार्यक्रम प्रमुख अतिथी वीर बहादुर लोप्चनले बोल्दै गाउँपालिकाको आयोजना तथा सन्ध्या फिल्म्स एन्ड मिडियाको सहकार्यमा भएको नमुना लघु उधोग सम्बन्धी तालिममा स्वस्फूर्त रुपमा उपस्थिति भई काम सिकेर आफू सक्षम क्षमतावान तथा आत्मनिर्भर बन्नु आग्रह गरेका थिए।सोही क्रममा गाउँपालिकामा विभिन्न कार्यक्रमको आयोजना हुँदै आए पनि सन्ध्या फिल्म्स एन्ड प्रालीले क्रमिक रुपमा ल्याएका विभिन्न कार्यक्रमहरु अत्यन्तै ब्यबहारिक र प्रभावकारी रहेको बताएका थिए। आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमलाई निरन्तरताको अपेक्षा गर्दै सहकार्य संस्था सन्ध्या फिल्म्स एन्ड मिडिया प्राली अध्यक्ष दिलमाया तामाङ लगायत सिङ्गो टिम र उपस्थित सम्पुर्णमा धन्यबाद ब्यक्त गरेका थिए। अन्त्यमा सभापति दिलमाया तामाङले कार्यक्रममा बागमति गाउँपालिका र सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको सहकार्यमा स्थानियबासीहरुको सामाजिक तथा आर्थिक समृद्धि, शिक्षा स्वास्थ्य लगाएतको परिवर्तन क्षमतावान, आत्मनिर्भरता को लागि निरन्तर प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउदै तपाईहरुको खुशी नै सन्ध्या फिल्म्स एन्ड प्रालीको प्रमुख खुशी रहेको बताईएकि हुन।सम्पुर्ण नागरिकलाई विभिन्न क्षेत्रबाट क्षमतावान बनाउदै आर्थिक समृद्धि उन्मुख बनाएर देशकै अर्थतन्त्रमा टेवा पुएयाउने लक्ष्य अनुरुप अगाडी बढेको हुँदा जस्तोसुकै परिस्थितिमा पनि प्रालि तपाईहरुकै साथमा रहने बताईएन। गाउँपालिकाको आयोजनामा समापन भएको कार्यक्रममा हाम्रो निमन्त्रणालाई सहस्र स्वीकार गर्दै दुई दिनसम्म ब्यस्तताका बाबजुद पनि उपस्थित हुनुभएका प्रमुख अतिथि, बिशेष अतिथिहरु, जनप्रतिनिधी पत्रकार कर्मचारी स्वस्फूर्त रुपमा उपस्थित प्रशिक्षार्थीहरु लगायत सम्पुर्णमा सन्ध्या फिल्म्स एन्ड मिडिया प्राली संगको यो माया बिश्वास साथ र सहयोगको लागि सबैमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेकी थिईन।