दोहा,कतार / श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले कतार सरकार सङ्गको श्रम सम्झौता परिमार्जनको लागि कतारका श्रम मन्त्रीलाई नेपाल आउन निमन्त्रणा दिएको बताएका छन ।
अफ्रिकी मुलुक सिसेल्स सहित खाडीमुलुकहरू को भ्रमणको क्रममा सोमबार दोहा आइपुगेका भएका मन्त्री श्रेष्ठले नेपाली राजदुतावास कतार र गैरआवासीय नेपाली संघ कतारको संयुक्त आयोजनामा आयोजित अन्तरक्रिया तथा भेट घाट कार्यक्रममा सो कुरा बताएका हुन ।
भ्रमणको क्रममा कतारका श्रम मन्त्री सङ छलफल भएको बताउदै श्रेष्ठले अगाडी भने , "सन् २००५ देखिको श्रम सम्झौतालाई मजदुरको हकहितमा परिमार्जन गर्न आवश्यक छ यसकोलागी कतार सरकार सकारात्मक देखिएको छ , केही समय पछि कतारको प्रतिनिधि मन्डललाई नेपालमै बोलाएर श्रमिकले तत्काल अनुभुती गर्ने गरि द्विपक्षीय सम्झौता हुन्छ "।
कार्यक्रममा NRNA - NCC, QATAR का अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले दोहा स्थित संघ संस्थाका प्रतिनिधि मार्फत प्राप्त सल्लाह सुझाव समेटी कतारमा रहेका कामदारका समस्या र सरकारले गर्नुपर्ने काम बारे मन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।
कार्यक्रममा नेपाली राजदुतावास परिवार, कतारमा क्रियाशिल सामाजिक संघ संस्थाका प्रमुख/ प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । सहभागीहरुले प्रतिनिधि रूपमा मन्त्री समक्ष आ-आफ्नो गुनासो, प्रश्न एवं सुझाव राखेका थिए ।सहभागिहरुको सुझावलाई मनन गरी प्रश्नको उत्तर दिदै श्रेष्ठले आफू सदैव प्रवासमा रहेका मजदुरको हितमा काम गर्न तत्पर रहेको भन्दै आफुले मन्त्रालय समालेको छोटो समयमा केही राम्रा कामको शुरूवात गरेको र आगामी दिनमा थप सुधार गर्न बताएका थिए ।
काम गर्ने इच्छा हुँदा हुँदै कानुनी र प्रक्रियागत कामले केही समय लाग्ने भन्दै निकट भबिस्यमा नै वैदेशिक रोजगारमा आउने कामदारलाई सामाजिक सुरक्षा कोषमा जोडने, सातै प्रदेशमा श्रम स्वीकृति गर्ने बाताबरण बनाउने, बिदेश आउने प्रक्रियामा रहेको झन्झट रहित बनाई कम्तिमा १५ दिनमा बिदेश आईपुग्ने वातावरण बनाउने , महिला कामदारलाई दक्ष बनाएर सुरक्षित रोजगारीमा पठाउने लगाएतका काम गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए ।
साथै उनले कतारमा रहदा यो देशको कानुनको पालना गर्दे अनुशाशीत भएर काम गर्न अनुरोध गरि केहि राजनिती गर्ने ब्यक्तिहरुलाई इन्कितगर्दै राजनिती गर्ने भए नेपाल आउन भनी निमन्त्रणा समेत गरेका थिए ।
श्रमका लागी बिदेशीने नेपालीहरु विशेष गरेर नेपाली हरुबाट नै ठगीने गरेको बताउदै मन्त्रीले कोहि पनि त्यस्ता ठगाहा प्रवृत्तिका ब्यक्तिहरुलाई कहिकतैबाट पनि उन्मुक्ति नदिने बताएका थिए ।
नेपाली राजदूतावास कतारका कार्यबाहक राजदुत लक्षमण खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रम मन्त्रालयका सचिव एकराज अर्याल, कतार सरकारका प्रतिनिधिले समेत सम्बोधन गरेका थिए ।
कार्यक्रममा स्वागत एनआरएनए एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले गरेका थिए भने संचालन महासचिव पदम गिरिले गरेका थिए ।