धरानः नेपाली कांग्रेस क्षेत्र नं. १ सुनसरीले वडावडामा पार्टीको संगठन सशक्तिकरण र सुदृढिकरण अभियानलाई निरन्तरता दिएको छ ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा सञ्चालित अभियान हालसम्म रामधुनी नगरपालिकाको ७ नं. वडा, बराह नगरपालिकाको वडा नं. ३, ४ र ५ तथा धरान उपमहानगरपालिकाको वडा नं. २०, १९, १८ र १७ , वडा नं. १६, १५ र १४ मा अभियान सम्पन्न भएको छ ।
कांग्रेसको तल्लो तहसम्मको संगठनको क्षमता अभिवृद्धि गरी स्थानीय पार्टी नेतृत्वहरुलाई सांगठानिक, राजनीतिक र सामाजिक गतिविधि गर्न तथा जनमुखी कार्यक्रम गर्न उत्प्रेरित गर्दै समग्र पार्टी संगठनलाई सशक्तिकरण र सुदृढ गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको सभापति तामाङले बताए ।
उनले यो अभियान सुनसरी क्षेत्र नं. १ अन्तर्गत पर्ने सबै वडामा सञ्चालन हुने बताए । यो अभियानले पार्टीको केन्द्रीय समितिद्धारा घोषित घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔं कार्यक्रमलाई समेत सफल बनाउन मद्दत पुगेको र टोलटोलमा संगठन निर्माण र विस्तार गर्न थप टेवा पुगेको उनले बताए ।
धरान १६ मा भएको कार्यक्रममा जिल्ला सचिव माधव घिसिङले अभियान समय सान्दर्भिक र आवश्यक भएको भन्दै यस्ता कार्यक्रमहरु निरन्तर हुनुपर्ने बताए । नेपाल दलित संघ, प्रदेश नं. १ सभापति गोविन्द दर्नालले अभियान सञ्चालन भएवाट कार्यकर्ताको मनोवल, आत्मवल र कार्यक्षमतामा वृद्धि भएको बताए । वडा सभापति किरण आचार्यले वडातहमै क्षेत्रीय नेतृत्वहरु आएर संगठन सुदृढिकरण र सशक्तिकरणको अभियान सञ्चालन गरेर आफुहरुलाई थप हौसला मिलेको बताए ।
त्यसै गरी धरान १५ भएको कार्यक्रममा प्रदेश नं. १ महामन्त्री उमेश थापाले विद्यमान राष्ट्रिय राजनीतिका विषयमा चर्चा गर्दै आगामी निर्वाचनमा पार्टीलाई जिताउने वातवरण बनाउन अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रदेशसभा निर्वाचन क्षेत्र १(१) सचिव युवराज शंकरले अभियानले वडा तहका नेतृत्वहरुलाई उर्जा मिलेको बताए । नगर सचिव जितेन्द्र राईले सशक्तिकरण अभियानले पार्टीमा एकता र जागरण ल्याएको बताए । वडा सभापति डम्वर गुरुङले नेता, कार्यकर्ता र संगठनलाई सशक्तिकरण गराउने यस्ता कार्यक्रम नियमित रुपले सञ्चालन हुनुपर्ने बताए । क्षेत्रीय प्रतिनिधि कुमार श्रेष्ठले पार्टीका नेतृत्व र कार्यकर्ताहरु वीचको सम्बन्ध समेतलाई अभियानले मजबुद बनाएको बताए ।
धरान १४ मा भएको कार्यक्रममा महासमिति सदस्य जगतबहादुृर कार्कीले क्षेत्रीय समितिले अति नै सान्दर्भिक ढंगले पार्टी संगठनको सशक्तिकरण र सुदृढिकरण गर्ने अभियान सञ्चालन गरेको बताए । जनप्रतिनिधि जिल्ला समन्वय समिति सदस्य सिता पौडेलले वडामा पर्याप्त विकास गर्न र संगठनलाई विस्तार गर्न पार्टी र जनप्रतिनिधि वीच निरन्तर समन्वय र सहकार्य हुनुपर्ने बताए । क्षेत्रीय सदस्य तथा जनप्रतिनिधि वडा सदस्य शोभा पुलामीले जनताको काममा आफु निरन्तर लागी परेको र पार्टी संगठनलाई मजबुद बनाउन सदैव सहयोग गरेको बताए । नगर सदस्य उद्धव अधिकारीले अभियान जरुरी रहेको बताउंदै वडास्तरवाट आएका गुनासाहरुको निराकरण गरिनुपर्ने बताए । नेपाल दलित संघ प्रदेश नं. १ का सभापति गोविन्द दर्नालले वडामा टिकटका लागि झगडा नगरी सहमति गरेर अगाडि बढ्नुपर्नें बताए । वडा सभापति श्याम श्रेष्ठले क्षेत्रीय समितिको यस अभियानले गाउं, बस्ती र टोल–टोलमा कांग्रेसको संगठन विस्तार गर्नमा ठूलो टेवा पुगेको बताउंदै अभियान लिएर वडावडामा आएकोमा क्षेत्रीय समितिलाई धन्यवाद व्यक्त गरे । क्षेत्रीय प्रतिनिधि मानस चौहानले टिकट वितरण गर्दा उपयुक्त मापदण्ड बनाएर वितरण गर्नुपर्नेमा जोड दिए । स्थानीय नेता प्रेम पराजुलीले पार्टीका कार्यक्रमहरुमा सबैलाई उपस्थित हुने वातावरण बनाउनुपर्ने बताए । पिण्डेश्वरर टोल समिति सभापति लालबहादुर राईले उम्मेदवार छनौटमा चुकियो भने निर्वाचनमा गाह«ो हुने बताए ।
क्षेत्रीय सचिवद्धय महेन्द्र प्रधान र केशव पुृरी तथा क्षेत्रीय सहसचिवद्धय भोजराज न्यौपाने र सुमित राईद्धारा सहजिकरण गरिएको अभियानमा पूर्व महाधिवेशन प्रतिनिधि सन्तोष सापकोटा, प्रदेश सम्मेलन सदस्य गोविन्द बस्नेत, क्षेत्रीय सदस्यद्धय अतुल श्रेष्ठ र लोकमणि शर्मा, प्रदेशसभा निर्वाचन क्षेत्र १(१) सहसचिव हरी ओझा, प्रदेशसभा निर्वाचन क्षेत्र १(२) सदस्य मिना श्रेष्ठ, प्रदेश प्रतिनिधि तथा जनप्रतिनिधि वडा सदस्य मंजिल कसजु, जनप्रतिनिधि वडा सदस्य मनिषा वि.क., नगर सदस्य तिलक बस्नेत, अमृत लिम्वु, चुडामणि निरौला, मिलन शंकर, श्यामबहादुर राई, विकास राई, शंकर पाण्डे, नेपाल विद्यार्थी संघका पूर्व जिल्ला सभापति विष्णु लिम्वु, नेपाल महिला संघ नगर सभापति सुशिला श्रेष्ठ, नेपाल तरुण दल नगर उपसभापति रामकुमार तामाङ लगायत क्षेत्रीय प्रतिनिधिहरु, वडा कार्यसमितिका पदाधिकारी सदस्यहरु, पूर्व वडा सभापतिहरु, सल्लाहकारहरु, टोल समितिका सभापतिहरुको उपस्थिति रहेको थियो ।