चैत्र ६ , २०७८ का दिन संघीय लिम्बुवान सामाजिक मञ्च कतारले राष्ट्रिय सहिद मनिल तामाङको १४औं स्मृति दिवस मनाएको छ।
संघीयता, गणतन्त्र, लोकतान्त्र र समानताको लागि आन्दोलनरत राजनिती दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपाल को मातहतमा रहेको संघीय विद्यार्थी युनियन द्वारा हरेक क्याम्पसमा हुने स्ववियु को निर्वाचनमा पुर्ण समानुपातिक व्यवस्था कायम गर्नु पर्ने, पुरानो शिक्षा प्रणाली लाई व्यावहारिक अनि वैज्ञानिक रुपमा विकास गर्नु पर्ने माग सहित सशक्त आन्दोलन गर्ने क्रममा गत २०६५ चैत्र ६ गतेका दिन झापाको धुलावारी क्याम्पसमा प्रहरिको गोलि लागि सहादत प्राप्त गरेका तामाङको १४ स्मृति दिवस मनाएको हो।
सनाइया स्थित एसियन टाउनको प्लाजा मल स्थित लालिगुरास रेष्टुरेन्ट को सभाहलमा सलिसाम कतारका अध्यक्ष रेखा राई खामसामा को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विशेष सल्लाहकार प्रेम आङ्बुहाङ, वरिष्ठ उपाध्यक्ष डम्बर लिबाङ मिसेक, उपाध्यक्ष कुमारसिं योङ्हाङ, उपाध्यक्ष गजेन्द्र चेम्जोङ, महासचिव सुजन पराहानङ, उपमहासचिव नगेन्द्र लिङ्दम लुब्लिहाङ, प्रवक्ता भबिन्द्र तुम्बापो ताङ्साहाङ, सचिव दिपेन सेनेहाङ, सचिवालय सदस्य श्याम कुमार चोङ्बाङ (जिहाङ), केस मनिस लिम्बू लगायत को उपस्थितिमा सम्पन्न कार्यक्रममा अध्यक्ष राइले आफ्नो भनाई राख्ने क्रममा उनले भने, आन्दोलनरत संगठनका योद्धाहरु सदैब तिनै महान सहिदहरुको आत्मालाई साक्षी राखी जस्तोसुकै परिस्थिति सृजना भए पनि एक कदम पछि नहटी सहिदहरुको अपुरा सपनाहरुलाई पूरा गर्न निरन्तर अघि बड्नु पर्ने भन्दै पछिल्लो समयमा देशको राजनीति थप पेचिलो बन्दै गएको र सिङो देशको ध्यान यतिखेर प्रदेश १ को नामाङकनका बिषयमा केन्द्रीकृत भइरहेको यो अवस्थामा प्रदेश १ को नामाङ्कनका बिषयमा लिम्बुवान लाई बाइपास गरि लिम्बुवान आन्दोलनको मर्मविपरीत निर्णय गर्ने दुस्साहस भए? प्रवासमा कार्यरत पार्टिका योद्धाहरु भौतिकरुपमा आन्दोलनमा सहभागी हुनका लागि प्रतिवद्ध हुनुपर्ने अर्थात जस्तोसुकै त्याग गर्न तयारी अवस्थामा रहनु पर्ने बतायिन।
उपाध्यक्ष योङ्हाङ र प्रवक्ता तुम्बापोले स्मृति दिवसका बारेमा प्रकाश पारेका थिए। भने, कार्यक्रम महासचिव सुजन पराहाङले सन्चालन गरेका थिए।