धरानः नेपाली कांग्रेसले धरान उपमहानगरपालिकाको वडा नं. १ स्थित शान्ति टोल र शुभलक्ष्मी मार्गमा संगठन विस्तार गरेको छ । नेपाली कांग्रेस धरान उपमहानगरपालिका वडा नं. १ का सभापति यज्ञमणि आचार्यको अध्यक्षतामा भएको भेलाले दुवै स्थानमा टोल समिति गठन गरेर संगठन विस्तार गरेको हो ।
भेलाले सावित्री आचार्यको संयोजकत्वमा गिता तामाङ, लक्ष्मी वि.क., सिता वि.क., अम्विका निरौला, सन्तोष वराइली, रवि खतिवडा, डेनिभिड वराइली, दिनेश अधिकारी, सरल चौधरी र शारदा कार्की सदस्य रहेको ११ सदस्यी शान्ति टोल समिति गठन गरेको छ भने समिर खड्काको संयोजकत्वमा उमेश शाक्य, सुमन मास्के, उपेन्द्र कुमार मण्डल, मुन्ना प्रसाद मण्डल, संजय शाह, सम्झना श्रेष्ठ, प्रकाश तामाङ, रंजित शाह, पुष्पा जस्वाल, रमेश परियार, चन्दा शाही, सानुमैया शाही, देवका शाही, प्रमिला तामाङ, रत्नबहादुर ठटाल, विजय शाह, सृजना वि.क., चन्द्र नेपाली, सरिता वि.क., सुरज भुजेल, सरोज गजमेर, बालकुमारी शाही र निर्मला घिमिरे सदस्य रहेको २५ सदस्यीय शुभलक्ष्मी मार्ग टोल समिति गठन गरेको छ ।
भेलामा जिल्ला सचिव माधव घिसिङ, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, महासमिति सदस्य श्यामा रेग्मी, जिल्ला सदस्य विनोद घिमिरे, प्रदेशसभा निर्वाचन क्षेत्र १(२) सभापति मुरारी भट्टराई, सचिव युवराज शंकर, नगर सभापति श्याम पोखरेल, पूर्व नगर सभापति किशोर राई, क्षेत्रीय सदस्य अतुल श्रेष्ठ, पूर्व क्षेत्रीय कोषाध्यक्ष सागर प्रसाई लगायतले मन्तव्य राखेका थिए ।