रामेछाप जिल्ला खाँडादेवी गा.पा-९ मा एउटा साधारण परिवारमा जन्मिएको प्रकाश दर्नाल' शितल' गित संगीतमा रमाउदै गर्दा धेरै उत्कृष्ट लोक दोहोरी गीतहरु जस्तै म मरेको दिन,परदेशीको जुनी, पिरतीको काहानी, बरको छायाँ मुनी, मरुभुमी लगाएत थुप्रै गीतहरुमा शब्द संगीतको काम गरिसकेका छन ।
गाँउ देखि शहर हुँदै परदेशी हुन बाध्य भएको प्रकाशले पछिल्लो समय प्रकाशले शब्द सिर्जना गरेका गित आफै रुनु पर्ने सार्बजनिक भएको छ,HSS GROUP ENTERTAINMENT Youtube च्यानल मार्फत बजारमा आएको गितमा किसान गाहा मगरको मिठो सङ्गीतभित्र चर्चित गायक/गायिका बिक्रम परियार र सुनिता बुढाले आवाज भरेका छन ।
गितको भिडियोमा बिनोद सुन्दास-अन्जु निरौलाले मुख्य भुमिका निभाएका छन भने अरु थुप्रै कलाकारहरुले साथ दिएको देख्न सकिन्छ,हाम्रो सपना सङ्गीत परिवारको प्रस्तुति रहेको उक्त गितमा बिनोद सुन्दास ले नै निर्देशन गरेका छ्न,सपना सङ्गीतका सदस्य हरु बिजय गौतम,गुना मगर`निशु´मानसिङ्ग निर्दोष परियार,मनराज दर्नाल,पुष्पकमल सेन्चुरी,चित्र जि.सी लगायतले सहयोगीको रुपमा गितसङ्ग जोडिएका छन । साथै यो गितले अपार सफलता पाओस् हाम्रो तर्फबाट शुभकामना ।
भिडियोको लागि लिन्क क्लिक गर्नुहोला ।
https://youtu.be/EURl1VMdFMk