दोहा कतार,मेनुका बास्कोटा - नेपाली जनप्रगतिशिल मञ्च कतारले नेपाली नयाँ वर्ष,फागु पुर्णिमा,रमजान लगाएतका चाडपर्वको उपलक्ष्यमा बृहत् वनभोज तथा शुभकामना आदानप्रदान सहित सांस्कृतिक कार्यक्रम कतारको समालमा सम्पन्न गरेको छ।
नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष बुद्धि प्रसाद भन्डारीको सभापतित्व तथा मञ्चका प्रमुख सल्लाहकार रमेश भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मञ्चका सल्लाहकारहरु, कार्यसमिती पदाधिकारीहरु,कतारमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजिबी,कलाकार पत्रकार लगाएत सयौको संख्यामा बाक्लो उपस्थिति रहेको थियो।
नेपालीहरुको विशेष चाडहरु,फागु पुर्णिमा ,नेपाली नयाँ वर्ष,इस्लामहरुको लगत्तै आउदै गरेको पबित्र महिना रमजान लगाएत नेपाली भाषा, संस्कार ,संस्कृती र मौलिक पहिचानलाई प्रबासमा रहेर पनि संरक्षण सम्बर्द्धन गर्दै लामो कोरोना कहरबाट आजित नेपाली समुदायलाई मनोरञ्जन दिलाउने उदेश्य अनुरुप वनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रममा शुभकामना मन्तब्य राख्नेहरुमा एन आर एन ए ( एन सी सी) कतारका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमान,नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष करिम बक्स मियाँ,नेपाली महिला समाज कतारका अध्यक्ष सरिता पौडेल भन्डारी, प्रबासी नेपाली मञ्च कतारका महासचिव प्रभात त्रीपाठी,नेपाली जनसम्पर्क समिती कतारका सभापती मोहम्मद अजिज अलि,एन आर एन ए ( एन सी सी) का महासचिव पदम गिरि लगाएतका बक्ताहरु रहेका थिए।
सो अवसरमा गैरआवासीय नेपाली संघ आईसीसी सदस्य एवं रास्टिय समन्वय परिषद कतारको सन् २०२१-२०२३ कार्यकालको लागि निर्वाचित कार्यसमितिलाई सम्मान गरिएको थियो ।
साथै कार्यक्रममा संगठनमा आवद्ध ५० जना बढीलाई अविर र खादा ओढाएर स्वागत गरिएको थियो ।
मञ्च लगाएत स्थानिय कलाकारहरुको जोडदार प्रस्तुती समेत रहेको वनभोज तथा सांस्कृतिक कार्यक्रममा दर्जनौ कलाकारहरुका सांगेतिक कोशेली ,नृत्य लगाएतका प्रस्तुति राखिएको थियो। जसबाट उपस्थित दर्शकहरु मनोरञ्जन लिदै खुशी ब्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण मञ्चका महासचिब मोहम्मद कार्किले गरेका थिए।