दोहा / नेपाल आदिवासी जनजाति महासंघ कतारमा, नेपाल मगर संघ शाखा कतारले पुन सहकार्य गर्ने भएको छ ।
महासंघ कतारको संस्थापक सदस्य संस्थाको रुपमा रहेको नेपाल मगर संघ शाखा कतार महासंघ कतारको छैटौ कार्यकाल पश्चात संस्थागत केही बिषयमा असहमती जनाउदै महासंघसँगको सहकार्य स्थगित गरेको थियो ।
यस अवधिमा महासंघ र मगर संघका जिम्मेवार पदाधिकारीहरुको विभिन्न चरणमा भएको औपचारिक तथा अनौपचारिक छलफल र बिमर्श पश्चात गत १४ मार्च २०२२ सोमवारका दिन महासंघ कतार, मगर संघ कतार र महासंघ कतारमा आवद्ध मातृ संस्थाहरुको उपस्थितिमा बसेको विशेष बैठकले मगर संघ कतारका असहमतिलाई संबोधन गरे पश्चात नेपाल मगर संघ शाखा कतार महासंघ कतारको संगठन (मातृ) सदस्य संस्थाको रुपमा पुनः सहकार्य र सहभागिता गर्ने जानकारी प्राप्त भएको छ
हेर्नुस् प्रेस विज्ञप्ति
संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको विभिन्न भू-भागबाट वैदेशिक रोजगार तथा व्यवसायको शिलसीलामा कतारमा आई कार्यरत नेपाली आदिवासी जनजातिहरुलाई एउटै संस्थामा संगठित गराउने र आदिवासी जनजातिहरुको हक, अधिकार, पहिचान र उत्थानको लागि एक्यबद्ध भई जातिय सदभाव एवं भातृत्व अभिबृद्धि गर्ने उदेश्य अनुरुप सन २००६ जुलाई २० तारिखका दिन ५ जातीय संगठन संस्था मिलेर स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ कतारमा हाल १४ संगठन संस्थाहरु आवद्ध रहेका छन ।
नेपाल आदिवासी जनजाति महासंघ कतारको संस्थापक सदस्य संस्थाको रुपमा रहेको नेपाल मगर संघ शाखा कतार महासंघ कतारको छैटौ कार्यकाल पश्चात संस्थागत केही बिषयमा असहमती जनाउदै महासंघसँगको सहकार्य स्थगित गरेको अवस्था थियो । यस अवधिमा महासंघ र मगर संघका जिम्मेवार पदाधिकारीहरुको विभिन्न चरणमा भएको औपचारिक तथा अनौपचारिक छलफल र बिमर्श पश्चात गत १४ मार्च २०२२ सोमवारका दिन महासंघ कतार, मगर संघ कतार र महासंघ कतारमा आवद्ध मातृ संस्थाहरुको उपस्थितिमा बसेको विशेष बैठकले मगर संघ कतारका असहमतिलाई संबोधन गरे पश्चात नेपाल मगर संघ शाखा कतार महासंघ कतारको संगठन (मातृ) सदस्य संस्थाको रुपमा पुनः सहकार्य र सहभागिता रहेको सहर्ष जानकारी गर्दछौं ।
नेपाल आदिवासी जनजाति महासंघ कतार र महासंघ कतारमा आवद्ध मातृ संस्थाहरुले आगामी दिनहरुमा सम्पूणर् आदिवासी जनजातिहरुको हक अधिकार, पहिचान र साझा सवालहरुमा एक्यबद्ध भई निरन्तर लागिरहने प्रतिबद्धता ब्यक्त गर्दछौ ।