दोहा / प्रवासी नेपाली मञ्च कतारले, कतार सरकारको निमन्त्रणामा आउँनु भएका नेकपा एमाले स्थाई कमिटी सदस्य माननीय सांसद डा. बिन्दा पाण्डे सङ्ग एक औपचारिक कार्यक्रमको आयोजना गरि भेटघाट सङ्गै उहाँलाई सम्मान कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले श्रमजिवि नेपालीको हक हितको लागि आफू कतार आएको प्रष्ट पार्नुभएको थियो । उहाँले विकास ,समृद्धि र सुशासनको निम्ति नेकपा एमालेको बिकल्प नभएको बताउनु भयो । उहाँले केपी ओलिलाई सरकारबाट हटाउनुको उदेश्य, पार्टी फुटाउनु, र पार्टीले कारबाही गरेका सांसदलाई सभामुखले कारबाही नगर्नु, साथै संसद अवरोध गर्नुको बारेमा उपस्थित सम्पुर्णलाई पार्टीको तर्फबाट जानकारी दिनुभयो ।
प्रचण्ड र माधव नेपालमा राजनीतिक बिचलन आएको भन्दै उनिहरुले गठबन्धनको कला बिहिन नाट्क मन्चन गरेका छ्न । उनिहरुमा भएको द्वयत चरित्र र प्रतिक्रियावादी सोंचका कारण अहिले मुलुक गम्भीर संकटमा फसेको बताउँदै मुलुकमा देखिएका हरेक खाले समस्याको समाधान नेकपा एमाले बाट मात्र संभव भएको बताउनुभयो ।
जनताको आसा र भरोसा अहिले केबल नेकपा एमाले मात्रै भएको बताउँदै देश देखि बिदेशी सम्म एमालेमा आकर्षक बढेको छ साथै आउने स्थानिय निर्बाचनमा गठबन्धन भएपनि नभएपनि एमालेलाई फरक नपर्ने बताउदै हलमा उठेका विभिन्न जिज्ञासाहरुलाई मेटाउदै कार्यक्रममा आफ्नो मन्तव्य टुङ्गाउनु भएको थियो ।
विशेष अतिथि तथा मञ्च संस्थापक अध्यक्ष कमलमणि गुराँगाईले बोल्दै प्रवाश कतारमा सन : २००४ सालमा मञ्च गठन गरेर यहाँ रहेका नेपालीलाई पार्टी सङ्ग जोड्ने काम गरेका छौं ।बिदेशमा लामो समय बसेर पनि पार्टी सङ्ग जोडिन सकेका छौ । साथै मुलुक अहिले स्थानिय निर्बाचन तिर केन्द्रित भएको छ, ससक्त भएर आगामी निर्बाचनमा पुन : एमालेले बहुमतको सरकार बनाएर देशलाई बिकास, समृद्धि बनाउनु पर्नेमा जोड दिंदै गुराँगाइले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा मञ्च उपाध्यक्ष चानिलाल राजबंशी, गणेश सिवा, पुर्व सचिव हरि बस्नेत, सल्लाहकार केबी हमाल, जिफन्ट सहयोग समूह कतार अध्यक्ष शेषराज तिमिल्सिना,
एनआरएनए आइसीसी सदस्य तेज कटुवाल, समाजसेवी गफुर अहमद, शेख शाहनवाज परवेज लगाएतको उपस्थिति रहेको थियो ।
१५ जना मञ्चमा प्रवेश
प्रवासी नेपाली मञ्च कतार द्वारा आयोजित सङ्गठन प्रवेश तथा सम्मान कार्यक्रममा १५ जना नयाँ सदस्यहरु मञ्च प्रबेस गरेका छ्न ।
नयाँ सदस्यहरुहरलाई कार्यक्रमका प्रमुख अतिथि माननीय सांसद डा. बिन्दा पाण्डे र सभापति चानक पोखरेलले खादा ओढाएर स्वागत गर्नुभएको थियो ।
मञ्चमा प्रवेश गर्ने हरुमा क्रमश :बेद प्रसाद ओलि, सुल्तान खान, इसराफिल काफी मन्सुर,मो.असलम साफि, मो.जुनेद अन्सारी,मो.मनान अन्सारी,मो. सम्सुदिन अन्सारी, मो.कलाम शेष, तबरेज आलम, हसन शेष, शेष आलम, शेष साहिद, शेष कमरे आलम, तौबाफ शेष, हफिज राइन रहेका छ्न ।
कार्यक्रमका सभापति चानक पोखरेलले बोल्दै आउँदै गरेको स्थानिय चुनावमा आफ्ना साथिभाइ आफन्तहरुलाई सुर्य चिन्हमा भोटको लागी अपिल गर्न आग्रह गर्नुभयो । उहाँले केपी ओलिको सरकार हुँदा देशको सिमाना लाई फराकिलो पार्न "चुच्चे नक्सा जारी गर्ने, रेल मार्ग बनाउने, जस्ता धेरै महत्त्वपूर्ण बिकास निर्माणका काम भएका हुँदा पुनः जनताले एमालेलाई जिताउने जिकिर गर्नभयो । साथै कार्यक्रम उपस्थिति प्रमुख अतिथिलाई विशेष धन्यवाद दिदै आफ्ना सान्दर्भिक भनाइ राख्दै कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रमको कुसल सञ्चालन तथा सहजीकरण मञ्चका महासचिव प्रभात त्रिपाठी र स्वागत मन्तव्य उपाध्यक्ष चानिलाल राजबंशीले राख्नु भएको थियो ।