कतारमा साहित्यिक वाचन डबली सम्पन्न
अनेसास कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा प्रत्येक महिनाको दोश्रो शुक्रबार दिउँसो १ बजे देखि ३ बजे सम्म २ घन्टा गरीने विशुद्ध साहित्यिक वाचन डबलीको १२२ औं श्रृङखला हिजो शुक्रबार ११ मार्च २०२२ का दिन दोहाको आभा मन्जु नेपाली होटलको सभा हलमा विभिन्न साहित्यिक वाचनका साथमा सम्पन्न भयो ।
प्रत्यक वाचन डबलिमा कतारमा रहेर नेपाली साहित्यलाई राम्ररी बुझ्ने र नेपाली भाषा साहित्यको जगेर्ना गर्ने कुनै पनि एक ब्याक्तिलाई विशिष्ट श्रोता बनाएर बाकी सबै वाचक बनेर आफ्ना आफ्ना साहित्यिक रचना सुनाउने उक्त कार्यक्रमका हिजोका विशिष्ट श्रोता खोटाङ सेवा समाज कतारका अध्यक्ष रुद्र प्रसाद आचार्य "शर्मा" थिए ।
कार्यक्रममा दिपक आचार्य जलनले मुक्तक र गजल वाचन गरेर वाचन डवलिलो ढोका खोलेका थिए खेमराज सुवेदीले कविता,शिव सुवेदीले गजल सुरेश परियार आभासले गजल, रुप रसाइलीले कविता पबित्रा खड्काले कविता , सानू थपलियाले गजल प्रकाश पाठक योगिले गजल , लेख कार्कीले गजल नारायण भण्डारी निर्जलले गजल, टीका खड्का राष्ट्रप्रेमीले गजल , मनि पौडेलले गजल, सोम थापाले मुक्तक , श्यामराज रानाभाटले गजल प्रेम प्रसाद भट्टराईले गजल र शेखर बस्नेतले पनि गजल वाचन गरेर २ घन्टाको कार्यक्रम एकै छिन्मा सकिए झै बनाएका थिए ।
डबलिको अन्त्यमा विशिष्ट स्रोता रुद्र शर्माले यस्तो कार्यक्रम पहिलो चोटि देखेको र कार्यक्रम सुरु भएदेखी अन्त्य सम्म आफू साहित्यमा चुर्लुम्मै डुबेको र आफुलाई दिएको चिया पनि पिउन भुलेको बताउदै खोटाङ सेवा समाज कतार द्वारा प्रकाशित मुखपत्र कतारकै पुरानो पत्रिका "सन्देश"मा सबैलाई आवद्ध हुन आग्रह गर्दै यो कार्यक्रम निरंतर चलिरहोस भन्ने कामना सहित केही आथिक आहयोग पनि गरेका थियो ।
कार्यक्रमको संयोजक सहजीकरण साहित्यकार शेखत बस्नेतले गरेका थियो !