दोहा -" नेपाली महिला समाज "कतारको आयोजनामा ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस,शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आज शुक्रबार दोहा स्थित सालीमार रेस्टुरेन्टमा सम्पन्न गरेको छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनीकी क्लारा जेट्कनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनलाई स्मरण गर्दै विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिएको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
नेपाली महिला समाज कतारकी अध्यक्ष सरिता भन्डारी पौडेलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास कतारका कार्यवाहक राजदुत लक्ष्मण खनाल रहेका थिए । कार्यक्रमका बोल्दै खनालले २१ औ सताब्दीमा आईपुग्दा समेत नारिहरु प्रती हेर्ने दृष्टिकोण,घरेलु हिंसा, विभेद, असमानता र दुर्व्यवहारपुर्ण व्यबहारलाई ब्यबहारिक रुपमै चेतनाको स्तरमा वृद्धि गरि नारी पुरुषका हक अधिकार सुनिस्चित गर्नुपर्ने बताए।
हाम्रो समाजमा महिलाहरु प्रती हेर्ने दृष्टिकोणमा परिवर्तन न आएसम्म समाजको परिवर्तन र देशको विकास सम्भव नभएको बताउदै जतिसक्दो चाडो विभिन्न तह तप्काबाट परिवर्तन गर्नेमा जोड दिदै नेपाली दूतावास कतारको तर्फबाट अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना प्रकट गर्दै आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रममा मन्तव्य राख्ने अन्य बक्ताहरुमा नेपाली दूतावास कतारका दृतिय सचिव प्रबिन भट्टराई,नेपाली महिला समाज कतारका प्रमुख सल्लाहकार अमिना खान,सल्लाहकार जानुका बस्नेत, एनआरएनए आइसिसि सल्लाहकार टिबि कार्की, जनजाती महासंघ कतारका अध्यक्ष पुरुषाेत्तम सुनुवार,जनसम्पर्क समिति कतारका अध्यक्ष मोहम्मद अजित अलि, एनआरएनए कतारका महासचिव पदम गिरि, प्रबासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोखरेल,नेपाली समाज कतारका संरक्षक मनिष यादव,प्रबासी नेपाली एकता मञ्च कतारका अध्यक्ष रामहरि गैरे, नेपाली जनप्रगतिशिल मञ्च कतारका महिला संयोजक सुस्मिता पाठक, पत्रकार महासंघ कतारका अध्यक्ष करिम बक्स मियाँ ,नेपाल ब्यवसायी संघ कतारका सदस्य दिप जङ्ग शाह, लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार परियार, इन्डियन छोरी नेपाली बुहारी मोनि बिजय लगायतले महिला र पुरुष समान नारामा मात्र सिमित नभई ब्यवहारमा पनि लागु गर्नु पर्नेमा जोड दिएका थिए।
महिला पुरुष घरदेखि राज्यको उच्च तहसम्म बराबरी अधिकार, बराबरी भूमिका प्राप्त गरे मात्र महिलाले अधिकार पाउने बताए ।अहिले पनि ९५ प्रतिशत महिलाहरु माथि कुनै न कुनै किसिमको हिंसा भइरहेको भन्दै त्यस्तो हिंसाको अन्त्य गर्न साथै घरभित्रैको हिंसाको जरो उखेलेर फ्याँक्न नसकेमा मुलुकको विकास हुन नसक्ने बताए।
घरभित्र असमानताको जरो छ। त्यो जरोलाई घरभित्रैबाट उखेलेर फ्याँक्न नसकेसम्म, महिला पुरुषको समानता ब्यर्थै बन्ने कुरामा जोड दिएका थिए । नेपाली महिला समाज कतारले विभिन्न समयमा कतार प्रवासमा रहेका नेपाली महिला दिदिबहिनी हरुको निम्ति उल्लेखनीय रुपमा हक अधिकार दिन सफल रहेको भन्दै आफ्ना सान्दर्भिक भनाइहरु राखेका थिए ।
कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनको लागि कलाकारहरु जिया हमाल, एन्जिला पन्थी, मेनुका खतिवडा भन्डारी,लक्ष्मी भन्डारी खतीवडा, आरोही थापा,बार्बीका खड्का,प्रज्ञा निउरे, मालती न्यौपाने, शिव राम ढकाल लगायतका कलाकारले विविध साङ्गितिक प्रस्तुतिले कार्यक्रम निकै रोमाञ्चक बनेको थियो ।
कार्यक्रममा नेपाली महिला समाज कतारद्वारा संस्थाका सल्लाहकार हरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। त्यसैगरी विभिन्न समयमा समाजको कार्यक्रममा र देउसी भैलो लाई सहयोग गर्ने दिदिबहिनी हरुलाई खादा ओढाएर सम्मानपत्र द्वारा सम्मान गरिएको थियो।
संस्थाकी अध्यक्ष तथा कार्यक्रमका सभापति सरिता भण्डारी पौडेलले बोल्दै नेपाली महिला समाज कतारले नेपाली महिला दिदिबहिनी हरुको आवाज बुलन्द पार्दै सधैभरी ससक्त रुपमा महिलाका पक्षमा लडिरहने बताईन। साथै कार्यक्रम सफल पार्न उपस्थित सम्पुर्णमा धन्यवाद ब्यक्त गरेकी थिईन। कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य समाजका उपाध्यक्ष मायां केसी र सहजीकरण सचिव सन्ध्या अर्यालले गरेका थिए । कार्यक्रममा मानव सेवा आश्रमको सहयोगर्थ चिट्टा कार्यक्रम समेत गरिएको थियो ।