फागुन २५ कमल / बसन्त राज सुब्बा
झापा : केरखा प्रहरी चौकिमा स्व.कृष्ण थेबेको स्मृतिमा प्रतिक्षालाय उद्घाटन सम्पन्न भएको छ ।
कमल गाउँपालिकावडा.न-३ केरखा बजार उतरअवस्थित केरखा प्रहरी चौकिमा उपभोक्ताहरुमा आवश्यक बस्ने ठाउको अत्ति आवश्यक भएको स्थितिमा केरखा बजार निवाशी पायल होटल नामले परिचित सामाजिक ब्याक्तित्व भू पु स्वर्गीय कृष्ण प्रसाद थेवेको कालगतिले निधन भएको एकबर्ष पछि सो-घर परिवारमा धर्मपत्नी अतिरुपा राई ( लिम्बु )र बेलायत/यूकेमा रहनुहुने सपुत्री कल्पना लिम्बू र कान्छी/राजकुमारी लिम्बुबाट बुवाको नामा धर्मशालाकै रुपमा प्रतिक्षालाय निर्माण गर्ने इछा जाहेर गरेपछी एक महिना अगी केर्खा प्रहारी तात्कालिन चौकीका इन्चार्ज राजेन्द्र श्रेष्ठको अध्यक्षमा बसेको बैठकले सामाजिक ब्याक्तित्व छत्रहाङ फागोको संयोजनमा सेलिना राई ,गौरा चापागाई ,बिरेन्द्र अधिकारी,मन कुमार थलङ, इन्द्र कार्की, राजेंद्र श्रेष्ठ र सल्लाहकारहरुमा क्रमश: संयोजक चक्र गुरुङ, सदस्यमा बदी राई, सूर्य दंगाल,बसन्तराज सुब्बा, अम्मल श्रेष्ठ, यद्रपति मल्लिक लगायत प्रतिक्षालाय निर्माण समिती गठनगरि गत फाल्गुन २३-गते छत्रहाङ फागोको अध्यक्षता र प्र.उपरिक्षक विश्व मणि पोखरेल को प्रमुख आथित्यमा भब्यताको साथ उद्घाटन गरिएको थियो।
दिवाङ्गत कृष्ण प्रसाद थेवको सम्झनामा मौन धाराण सगै राष्ट्रीय गानबाट शुरुगर्दै सभापती प्रमुख र विशेष अथितीबाट प्रतिक्षालायको शिलालेख र तस्विरको ब्यानर उघारी उट्घाटन गरिएको थियों ।
कार्यक्रममा नेपाल प्रहरी केरखा, चौकी तर्फबाट दाता स्वर्गीय कृष्ण प्रसाद थेवेको धर्मपत्नी अतिरुपा राई र परिवारलाई उच्च सम्मानका साथ प्रहरी उप निरिक्षक विश्व मणि पोखरेलको हस्त बाहुली बाट दोसल्ला ओडाइ सम्मान पत्र प्रदान गरेका थियो ।
त्यस्तै गरी केरखा प्रहरी चौकी द्वारा प्रतिक्षालायको निर्माण समितिहरुलाई सम्मान साथ प्रशंसा पत्र प्रदान गरिएको थियो । र दाता स्वर्गीय कृष्ण प्रसाद थेवेको परिवारले केर्खा प्रहरी चौकीलाई सम्मान पत्र प्रदान गरेका छन । प्रमुख अतिथि प्र. उ विश्व मणि पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्दै केरखाबासीहरुले केरखा चौकी निर्माणमा आ आफ्नो ठाउँबाट चौकी भौतिक सरंचनामा पुर्याएको योगदान प्रति सबैलाई धन्यवाद दिदै सरकारको तर्फबाट त्यती ठुलो रकम नभए पनि व्यक्तिगत रूपमा स्वर्गीय कृष्ण प्रसाद थेबेको परिवारले प्रतिक्षालाय निर्माणको लागि ५ लाख ५० हजार सयमा को निर्माणमा योगदान दिनु भनेको चानचुने कुरा नभई धनभन्दा पनि ठुलो मन भएको व्यक्त गर्दै कृज्ञ ज्ञातक प्रकट गरेका थिए ।
त्यस्तै कमल वार्ड ३,४ अध्यक्ष नर प्रसाद दंगाल, प्रेम राई र सामाजिक व्यक्तित्व गौरीमान फागोले आ आफ्नो मंतव्य राख्दै केरखा बजार विगतका दिनलाई समझदा शान्ति सुरक्षाको दृष्टिले निक्कै असुरक्षित भएको बताउदै अहिले केरखामा शान्ति सुरक्षाको बारे प्रहरी चौकी बसेपछि परिवर्तन भएकोले प्रहरी र स्थानीय बासी बीचको सम्बन्ध सकारात्मक भएको बताउदै प्रतिक्षालाय निर्माण परिवार प्रति हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा अथितिहरु फोनिक्स स्कूलका प्री. बदी राई, शहिद धर्म भक्त मावि स्कूलका व्यस्थापन समितिका अध्यक्ष लेखनाथ ख़तिवडा , केर्खा बजार समितिका अध्यक्ष अम्मल श्रेष्ठ , उधमशील महिला जागरण केन्द्रका अध्यक्ष शान्ता दाहाल , सामाजिक व्यक्तित्व भिम राई , भीमशेर थेबे , मुग्लानी खबर तथा समाजसेवी विरेन्द्र याक्थुंबा , लछुमण बोहोरा , एंङगल गुरुङ, अम्मर माबोहाङ लिम्बु र स्व.कृष्ण प्र.थेवेका आफन्त जनहरुको बाक्लो सहभागीता रहेको थियो ।
कार्यक्रमको सहजिकरण केरखा प्रहरी चौकीका इंचार्ज नबीन सुयलले गरेको थिए । सेलिना राईले स्वागत मन्तब्य राखेकी थिइन | कार्यक्रमको संचालन वीरेन्द्र अधिकारले गरेका थिए । औपचारिक कार्यक्रमको समापन गर्दै सभाअध्यक्ष छत्रहाङ फागोले प्रतिक्षालाय दाता केर्खा प्रहरी चौकी र सहयोगी आफ्ना कमिटी सबैलाई धन्यवाद दिए । र कार्यक्रमको सके पछि खानपिनको व्यवस्था सगै दोस्रो चरणको कार्यक्रम प्रतिक्षालाय / फलेचामा १० लिम्बुवान १७ थुमको विधि अनुसार फेदेङवा / गुरुद्रारा मुँधुमि प्रकृयाबाट गरेको थियो ।!