हाम्रो मस्तिष्क जस्तै अत्यन्तै संवेदनशील र जटिल अंग कलेजो पनि हो । कलेजोको मुख्य काम शरीरको विशाक्त पदार्थ बाहिर निकाल्नु हो जसको लागि कलेजोलाई स्वस्थ राख्न सके मात्र सहजै जीवन निर्बाह गर्न सकिन्छ। यसका साथै, पाचन प्रक्रिया, मेटाबोलिज्मलाई सन्तुलनमा राख्ने काम पनि कलेजोले गर्दछ। त्यसैले कलेजोलाई स्वस्थ राख्न दैनिक गरिने केही क्रियाकलाप र खानपानमा परिबर्तन गर्नुपर्द्छ । त्यसैले कलेजोलाई स्वस्थ राख्नका लागि निम्न लिखित कुराहरुहरु अनिवार्य पालना गर्नुहोस।
चिनी को प्रयोग कम गर्ने
अत्यधिक चिनीको सेवन दाँतको लागि खराब मानिन्छ । र, कलेजोको लागि पनि नोक्सानदायक हुन्छ । फ्याट बनाउनका लागि फ्रक्टोज नामक चनिीको उपयोग गर्छ । तर, अधिक मात्रामा प्रोसेस्ड अर्थात सेतो चिनी र उच्च फ्रक्टोज कोर्न सिरपको सेवन गर्दा कलेजोमा समस्या पैदा हुन्छ । अध्ययनका अनुसार चिनी पनि कलेजोका लागि मद्यपानका जस्तै हानिकारक हुन्छ । तौल कम भए पनि पेस्ट्री, केक, चिनी र चिसो पेयपदार्थको सेवन कम गर्नुपर्छ ।
हर्बल सप्लिमेन्ट प्रयोग नगर्ने
बजारमा पाइने हर्बल सप्लिमेन्टमा ‘प्राकृतिक सप्लिमेन्ट’ लेखिएको हुन्छ । जसले कलेजोलाई धेरै नोक्सान पुर्याउँछ । अध्ययनका अनुसार हर्बल सप्लिमेन्टले कलेजोलाई सही तरिकाले काम गर्न दिँदैन । यसको सेवनबाट हेपाटाइटिस र लिभर फेल हुने समस्या निम्तिन्छ । यसैकारण कतिपय देशहरुमा जडिबुटीमाथि प्रतिबन्ध लगाइएको छ ।
धेरै खाना र मोटोपन घटाउने
शरीरको तौल अत्यधिक हुँदा अनावश्यक फ्याटहरु कलेजोको कोशिकाहरुमा जम्मा हुन सक्छ । र मद्यपान नगर्ने व्यक्तिहरुको पनि कलेजो बिग्रिने कारण बन्न सक्छ । कलेजोको कोशिकाहरुमा फ्याट जम्मा भयो भने कलेजो सुन्निन पनि सक्छ । त्यसैले धेरै व्यायाम, धेरै तौल, धेरै डाइट कलेजोको लागि हानिकारक छ ।
पेयपदार्थ नपिउने
जो व्यक्तिहरु नरम पेयपदार्थहरु पिउँछन् उनीहरुको कलेजोमा पनि फ्याटी लिभर हुने सम्भावना बढी हुन्छ । यसैगरी, ट्रान्स फ्याट डिब्बा बन्द गरिएको खाद्य पदार्थमा पाइन्छ । यसलाई मानवनिर्मित फ्याट भनिन्छ । यसको सेबले तौल बढ्ने र कलेजो सुन्निने समस्या पैदा गर्छ ।