दोहा, कतार
कतार स्थित नेपाली राजदुतावास र गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको संयुक्त आयोजनामा मध्यपुर्बका नेपालिहरुको लागि स्वास्थ्य सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
बिशेषज्ञ डाक्टरको उपस्थितमा शुक्रबार भर्चुअल रूपमा मध्यपुर्वका नेपालीको स्वास्थ्य समस्या तथा मानसिक स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली राजदुतावास कतारका कार्यबाहक राजदुत लक्ष्मण खनालले पछिल्लो समयमा मध्यपुर्वमा रहेका नेपालीमा असमाहिक निधन र आत्महत्याको समस्या बढदै गएको बताउनुभयो । सुत्ने बेलामा ठिक ठाक लाग्ने मान्छे सुतेको ठाउमा नै असामहिक निधन हुने तथा मानसिक समस्याले डिप्रेसनमा गै आत्महत्या गर्ने गरेको बताउनुभयो ।
बिश्ववब्यापी रूपमा फैलिएको कोरनाका कारण कतारमा मृत्यु हुने नेपालीको तुलनामा सोही अवधिमा आत्महत्या गर्ने संख्या बढी रहनु दु:खद भएको बताउनुभयो । कार्यबाहक राजदुत खनालले दूतावासले श्रमिकका नियमित समस्या संगै स्वास्थ्य सचेतनालाई पनि प्राथमिकतामा राखेर सचेतनामुलक कार्यक्रमलाई बढाउने बताउनुभयो ।
गैर आवासीय नेपाली संघका स्वास्थ्य समिती संयोजक डा. सन्जिव सापकोटा, मध्यपुर्व उपसंयोजक डा. नितेश अर्याल, डा. निसिता पाठक, डा.यासिर श्रेष्ठ र डा. अनिरुद्र पाठकले मध्यपुर्वमा कार्यरत नेपाली मजदुरका प्रमुख स्वास्थ्य समस्या, तिनका कारण र त्यसबाट बच्ने उपाए बारे जानकारी गराउनु भएको थियो ।
साथै डाक्टरहरुले मध्यपुर्वको हावापानी नेपालको भन्दा फरक रहेकोले आफ्नो स्वास्थमा ख्याल गर्न आग्रह गर्नुभयो । आफ्नो स्वास्थ्यको लागि सानो-सानो कुरमा सचेत हुन सके पनि ठुलो रोग लाग्न बाट बाच्न सकिने बताउनुभयो ।
डाक्टरहरुले दिनुभएका महत्त्वपूर्ण सुझाव :
खानपानलाई स्वस्थ्यकर बनाउदै नियमित रुपमा स्वास्थ्य चेकजाँच गर्ने ।
संगैको साथि वा आफ्नतको आनिबानी एक्कासि परिवर्तन भएको छ भने उसमा मानसिक समस्या हुनसक्छ । उसङ्ग नियमित कुरा गरेर उसका समस्या जतिसक्दो छिटो पहिचान गर्ने ।
ब्लड प्रेसर र सुगरको औसधि सेवन गर्ने बिरामीले औसधि नियमित सेवन नगर्दा मिर्गौला खराब हुने तथा हृदयघातले ज्यान गुमाउनु पर्ने हुँदा औसधि नियमित सेवन गर्ने ।
आफुले खानुपर्ने बल्ड प्रेसर र सुगरको औसधि संसार भर एकै हुने हुँदा यदि आफू बसेको देशमा महँगो छ भने डाक्टरले लेखेको पेपर पठाएर नेपाल देखि मगाएर भएपनि नियमित खाने ।
गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण अनिसा भन्डारीले गर्नुभएको गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार प्रवक्ता सन्तोष क्षत्रीले बताए