विटारनगर महानगरपालिका-१४ जतुवास्थित रामजानकी धर्मशालामा आसनबाट पिसाब फेर्न बाहिर निस्किएको बेला अचानक तीन फायर गोली चलेको र एउटा गोली आचार्यको छातिको दायाँतर्फ गोली लागेको छ।
लक्ष्मी बैंकटेश मन्दिर चकरघट्टीका पिठाधीश ५० वर्षीय आचार्य हिन्दुवादी सन्त हुन। आचार्यको विराटनगरस्थित न्यूरो अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको छ।
मोरङ प्रहरी प्रमुख एसपी अरुण कुमार बिसीले घटनाको अनुसन्धान भइरहेको तर आक्रमणकारीको पहिचान नभइसकेको जानकारी दिए।
आचार्यका सहयोगी तथा उपकथावाचक नवीन अर्यालले राति २ बजेतिर एक्कासि गोली पड्केको आवाज सुनेपछि दौडिएर जाँदा गुरुजीलाई रगताम्यै भई लडेको देखेर तत्कालै उपचारका लागि अस्पताल पुर्याइएको जानकारी दिए । भने, ‘भोलिपल्ट सुरु हुने सप्ताह ज्ञान महायज्ञको तयारीबारे छलफल गरी साढे ११ बजे राति गुरु सुत्न जानु भयो म पनि अर्को कोठामा सुत्न गएँ। एक्कासि निद्रामै गोली पड्किएको सुनेर हतारिएर हेर्न जाँदा गुरु शौचालय नजिकै लड्नु भएको थियो।’
अर्यालका अनुसार जतुवामा बिहान कलशयात्रा निकालेर ज्ञानमहायज्ञ सुरु गर्ने तयारी थियो। आचार्यसहितको सन्तहरुको समूह राति ८ बजे धर्मशाला आई पुगेको थियो।
अर्यालले भने, ‘सडकमै सटिएको तीन फिट अग्लो दिवाल बाहिरबाट गोली प्रहार गरेको जस्तो देखिन्छ। शौचालय सडकसँगै टाँस्सिएको छ।’ त्यहाँ हिन्दुवादी गतिविधि चलाए अरुलाई पनि कार्वाही हुने र भारतीय विस्तारवादीहरुलाई कार्वाही हुने विवरण उल्लेख भएको पर्चासमेत भेटिएको अर्चायले बताए।