बागमती प्रदेश- गोदावरी नगरपालिका स्तरीय पाँच दिने उद्घोषण तालिम-२०७८ डिलाईट पाटी भेन्यु महालक्ष्मी स्थान ललितपुरमा गत फाल्गुन १० उद्घाटन भई गत १५ गते सम्पन्न भएको छ । गोदावरी नगरपालिकाको आयोजना तथा सन्ध्या फिल्म्स एण्ड मिडिया प्रालिको सहकार्यमा आयोजित उक्त कार्यक्रम सन्ध्या फिलिम्स एन्ड प्रालीका अध्यक्ष दिलमाया तामाङको सभापतित्व तथा गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारीको प्रमुख आतिथ्यता,विशेष अतिथिहरुमा नेपाली कांग्रेस ललितपुर जिल्ला सचीव वशिष्ठ अधिकारी ,वडा अध्यक्षहरु,अतिथिमा कार्यपालिका सदस्य,प्रमुख प्रशिक्षक प्रीतम पौड्याल ,सहायक प्रशिक्षक कमल रेग्मी लगाएत विभिन्न संघ सस्था,राजनीति पार्टिको विभिन्न तह र तप्कामा कृयाशिल ब्यक्तित्वहरु, समाजसेवी महिला दिदि बहिनीहरुको उत्साहजनक उपस्थिती रहेको थियो।
करिब ९० जनाभन्दा बढी सहभागी रहेको उक्त तालिममा अनवरत रुपमा कुनै कसर नराखी पोजिटिभ भाईब्रेसन तथा मोटिभेसनल स्पिकर प्रमुख प्रशिक्षक प्रीतम पौड्याल, सहाएक प्रशिक्षक कमल रेग्मी द्वारा प्रशिक्षण दिईएको थियो।
गायिका तथा टेलिभिजन प्रस्तोता बिष्णुमाया पौडेलद्वारा सहजीकरण गरिएको समापन कार्यक्रममा तालिमका प्रशिक्षार्थिहरुले आफ्ना मन्तव्यहरु राखेका थिए।मन्तव्य राख्ने अधिकांसले जिवनलाई बल्ल बुझेको बताए भने समापन कार्यक्रम पाँचदिन सम्मका अबिस्मरणिय क्षणलाई सम्झिदै भाबुक बनेका थिए।तालिम समापन पश्चात् प्रमाणपत्र तथा मायाको चिनो बितरण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथी तथा गोदावरी नगरपालिका उपप्रमुख मुना अधिकारीले बोल्दै पाँच दिने उद्घोषण तालिमले सहभागी प्रशिक्षार्थिको जीवन परिवर्तन गरिदिन सक्ने बताईन।सबैभन्दा मान्छेको ठूलो कला भनेको बोल्ने कला हो जस्ले समुहमा ठूलो प्रभाव र परिवर्तन ल्याउन सक्ने बताईन।आजको यो तालिम पश्चात् म कसैलाई कार्यक्रमको प्रशिक्षक कसैलाई कार्यक्रम संचालक,कसैलाई विभिन्न क्षेत्रमा नेतृत्व तहमा रहेर काम गरेको देख्न पाउ भन्दै शुभकामना दिएकी थिईन।नगरपालिका भित्रका महिलाहरुलाई शिक्षा स्वास्थ्य सीप तालिम तथा विभिन्न क्षेत्रमा आवद्ध गराउदै क्षमतावान,र स्वरोजगार बनाउने लक्ष्यमा आफू लागिरहेको र आगामी दिनमा हर बखत सहयोग गर्न तत्पर रहेको बताईन।यो महत्वपूर्ण पाँच दिने कार्यक्रम सभ्य तथा भब्य रुपमा सफल बनाउन सहयोगी संस्था सन्ध्या फिल्म्स एन्ड मिडिया प्राली,प्रशिक्षकहरु,जनप्रतिनिधिहरु,सहभागी दिदिबहिनीहरु लगाएत सम्पुर्णमा धन्यबाद ब्यक्त गरेकी थिईन।
कार्यक्रमका सभापति तथा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीकाका अध्यक्ष दिलमाया तामाङले बोल्दै गोदावरी नगरपालिकाको सवाङ्गीन बिकासमा निरन्तर लागिरहनुभएकी समाजसेवी अशल राजनितीक कर्मी, कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारी, विशेष अतिथिहरुमा नेपाली कांग्रेस ललितपुर जिल्ला सचीव ,अतिथिहरु कार्यपालिका सदस्यहरु प्रमुख प्रशिक्षक प्रीतम पौडेल, सहायक प्रशिक्षक कमल प्रसाद रेग्मी, कार्यक्रम संचालक गायिका तथा टेलिभिजन प्रस्तोता बिष्णुमाया पौडेल ,संचालक टिम ,पत्रकार लगाएत तालिममा सहभागी विभिन्न संघ सस्था,राजनीति पार्टिको विभिन्न तह र तप्कामा कृयाशिल , समाजसेवी महिला दिदिबहिनीहरुमा धन्यबाद ब्यक्त गरेकी थिईन।यस तालिममा उत्साहजनक उपस्थित र तालीममा प्रमुख प्रशिक्षक ,सहायक प्रशिक्षकको प्रशिक्षण, दिदिबहिनीहरुको कार्यक्रमप्रतिको लगाव झुकावले साच्चिकै गोदावरी नगरपालिका र सन्ध्या फिल्म्स एण्ड मिडिया प्रालीको उदेश्य सफल भएको बिश्वास लिएको बताएकी थिईन।
गत फागुन १० गते मंगलबारबाट शुरु भएको तालिम आज पाचौं दिन अर्थात् आज फागुन १५ गते समापन गर्दा मलाई लाग्छ "उद्घोषण तालिम"नेपाल जस्तो विकासशील राष्ट्रका हरेक नागरिकका लागि अत्यन्तै अपरिहार्यता छ किनकि समाजका हरेक मुद्दाहरूलाई समाजको अगाडि तर्क र प्रमाण सहित स्पस्ट र निर्धक्क रुपमा प्रस्तुत गर्न सक्षम रहन्छ साथै आईपरेको समयमा प्रतिबाद समेत गर्न सक्दछ।मलाई बिस्वास छ आज समापन भएको तालिमबाट सम्पुर्ण सहभागि दिदिबहिनीहरुले अब यो समाजको नेतृत्व गर्न सक्नुहुनेछ।
अन्त्यमा:प्रमुख अतिथि गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारी , विशेष अतिथि ,अतिथि लगायत सम्पुर्णको अतुलनीय साथ सहयोग साथै कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थिति तथा अतुलनीय योगदानले यो कार्यक्रम सफल भएकोले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ दिनुहुने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेकी थिईन।