दोहा / प्रवासी भुजेल समाज कतारको छैटौं अधिबेशन सम्पन्न भएको छ ! गत सुक्रबार सम्पन्न भएको अधिबेशन बाट सर्वसहमतिले युवराज भुजेल संस्थाको अध्यक्षमा निर्बाचित भएका हुन ।
"भुजेल जातिको बिकाश र उन्नतिको आधार सांस्कृतिक चेतना शिक्षा र रोजगार" भन्ने नाराको साथ सन : २०१० मा कतारमा स्थापना गरिएको महाधिवेशनमा अध्यक्ष बिनोद भुजेलको सभापतित्वमा र नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष पुरुस्वतम सुनुवारको प्रमुख आथित्यमा गोर्खा नेपाली रेस्टुरेन्टको सभाहलमा औपचारिक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको हो ।
कार्यक्रममा एनआरएनए कतार अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, मातृ संघ संस्थाका प्रतिनिधिहरु लगायत दोहा कतारमा स्थापित विभिन्न संघ सस्था बुद्दिजिबी समाजसेवी पत्रकार,भुजेल बन्धु र गैर भुजेल दाजुभाइ दिदिबहिनी हरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा शुभकामना दिने वक्ताहरुले समाजको उत्तरोत्तर प्रगतिको कामना सहित नयाँ बन्दै गरेको कार्यसमितिलाई बधाई ज्ञापन गरिएको थियोे । प्रवासमा रहेरपनि बिभिन्न बाध्यताका बावजुट संस्था स्थापना गरि भुजेल जातिको हितको निम्ति सस्थाले गरेका विभिन्न योगदानहरुको प्रशंसा गरिएको थियो ।
प्रवासी भुजेल समाज कतारको विभिन्न कार्यक्रममा सांस्कृतिक प्रस्तुति दिई समाजलाई साथ अनि सहयोगगर्ने सपना सङ्गित परिवारका कलाकारहरु, डाफे म्युजिक प्रा.लीका कलाकारहरु,समाजकै कलाकार हरु, संस्थाका मानार्थ सदस्य सहितलाई कदर पत्र र प्रशंसा पत्र द्वारा सम्मान गरिएको थियो। उक्त कार्यक्रममा समाजले पुर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार मिलन कुमार भुजेललाई कदर पत्र प्रदान गर्दै खादा ओढाई सम्मान गरेको थियो ।
सभापति बिनोद भुजेलले मन्तब्य राख्दै (छैटौं) महाधिवेशनलाई सफल पार्न अहोरात्र खटिने सहयोगीहरु, कार्यक्रममा उपस्थित हुने बिभिन्न संघ सस्थाका पदाधिकारी लगायत कार्यसमितिका सम्पुर्णामा हार्दिक कृतज्ञता दिदै कार्यक्रम समापन भएको बताए ।कार्यक्रमको बारेमा समाजका प्रमुख सल्लाहकार मिलन कुमार भुजेलले प्रकाश पार्नुभएको थियो भने सहजीकरण महासचिव युवराज भुजेलले र स्वागत मन्तव्य प्रथम उपाध्यक्ष प्रभात भुजेलले राख्नु भएको थियो ।
प्रवासी भुजेल समाज कतार २०२२ - २०२४ कार्यकालको नब निर्बाचित कार्यसमिती ।
1. अध्यक्ष - युवराज भुजेल
2. बरिष्ठ उपाध्यक्ष - प्रभात भुजेल
3. प्रथम उपाध्यक्ष - शिव बाबू भुजेल
4. दित्तीय उपाध्यक्ष - उमेश भुजेल
5. महासचिव – दुर्गा भुजेल
6. सचिव – छवि भुजेल
7. कोशाध्यक्ष - सन्तोष भुजेल
8. सह कोशाध्यक्ष - बाल कुमार भुजेल
9. सदस्य - चित्र बहादुर जि.सी.
10. सदस्य - रमेश भुजेल
11. सदस्य - गीता भुजेल
12. सदस्य - माया भुजेल
13. सदस्य - कुमारी भुजेल
14. सदस्य - रत्ना भुजेल
15. सदस्य – पुजा भुजेल
16. सदस्य - दिपक भुजेल
17. सदस्य - शितल भुजेल
संयोजक प्रदेश नम्बर १ - अन्तर भुजेल
संयोजक मधेस प्रदेश - सुजन मान भुजेल
संयोजक गण्डकी प्रदेश - श्रीमान जि. सी.
संयोजक बागमती प्रदेश - रोज भुजेल, रहेका छ्न ।