दोहा / नेपाली महिला समाज कतारको आयोजनामा बृहत बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
कतारमा रहेका नेपाली महिलाहरूको एकमात्र साझा संस्थाको रूपमा स्थापित समाजले गत शुक्रबार फेब्रुअरी २५ तारिकका दिन कतारको शुन्दर ठाउँ "अलदोसरी जु गार्डेनमा "मा अनौपचारिक कार्यक्रमको आयोजनागरि बृहत बनभोज कार्यक्रम सम्पन्न गरेको हो ।
समाजकि अध्यक्ष सरिता भन्डारी पौडेलका अनुसार कतारबासी दिदीबहिनीहरुलाई एकताबद्ध गर्दै दुख: सुख साटासाट अनि रमाइलो गर्ने उदेश्य साथै एकदिन भएपनि दिदीबहिनीहरुलाई आफ्नै माइत आएको महशुस होस् भन्ने हेतुले बनभोज गरिएको र उक्त कार्यक्रम निशुल्क आयोजना गरिएको बताउनु भयो ।
दिदिबहिनिहरुको उपस्थितिले कार्यक्रम अत्यन्तै रमाईलो,भब्य एवंम सभ्य रुपमा सफल भएको समाजकि अध्यक्ष पौडेले बताउनु भयो ।
कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनु उपस्थित दिदिबहिनी हरुबाट नृत्यको साथमा विभिन्न गेमपनि खेलाइएको थियो ।
बनभोज कार्यक्रममा नेपाली महिला समाज कतारका प्रमुख सल्लाहकार अमिना खान, सल्लाहकार जानुका बस्नेत, पुष्पा हमाल लगाएत कतारमा कार्यरत नेपाली महिला दिदिबहिनि हरुको बृहत उपस्थिति रहेको थियो ।
कार्यक्रम सफल पार्न महत्वपुर्ण भुमिका खेल्नुहुने सम्पुर्णमा समाजले हार्दिक आभार सहित धन्यवाद दिएको छ ।साथै आगामि दिनमा पनि यस्तै साथ सहयोग,उपस्थिति अपेक्षा राख्दै कार्यक्रमको समापन गरिएको समाजले जनाएको छ ।
"नेपाली महिला समाजको चाहाना,एकता र सहयोगको बिशुद्द सामाजिक भावना" भन्ने मुल नाराका साथ बिक्रम सम्बत २०६९ सालमा स्थापना गरिएको समाजले कतारमा रहेका नेपाली दिदिबहिनी हरुको हक, हितको लागि आवाज बुलन्द पार्दै, सामाजिक कार्यहरुमा अग्रसर रहेको छ ।