दोहा / नेपाली प्रवासी श्रमिक संघ (GEFONT ) सहयोग समुह कतारको पाचौं अधिबेशन सम्पन भएको छ ।
आज शुक्रबार फेब्रुअरी २५ तारीकका दिन सम्पन्न भएको अधिबेशनबाट संघका प्रमुख सल्लाहकार शेषराज तिमिल्सिनाको अध्यक्षतामा १६ सदस्यिय कार्यसमिति निर्वाचन भएका छ्न ।
"बिश्वका मजदुर एक हौं " श्रम आप्रवासन बाध्यात्मक होइन, इच्छाको विषय बनाऔ " भन्ने मुल नाराका साथ स्थापना गरिएको संघको पाचौं अधिबेशन दोहा सनैया स्थित ह्वाइट हाउस रेस्टुरेन्टको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सम्पन्न गरिएको हो ।
संस्थाका अध्यक्ष भिम तराजु मगरको सभापतित्वमा, तथा नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आथित्यमा कार्यक्रम गरिएको थियो । (भर्चुअल ) माध्यमबाट बोल्दै प्रमुख अतिथि श्रेष्ठले "श्रमिक संघ (GEFONT ) सहयोग समुह कतार" ले गरेका विभिन्न कार्यहरुको चर्चा गर्नुभयो ।
जतिबेला श्रमिक संघ (GEFONT ) ले प्रवाशमा रहेका मजदुरहरुको विभिन्न पिडालाइ सहन नसकी अधिकार सुनिस्चित गर्नको लागि हङकङ,कोरियादेखि सुरु गरिएको सङ्गठन बिस्तार गर्दै सन : २०११ मा कतार हुँदै अहिलेसम्म बिश्वका २१ देशमा फैलिएको बताउनु भयो ।
श्रेष्ठले यो संस्थाले कुनैपनि पार्टी, धर्म जातजाती भन्दापनि नेपाली श्रमिकको हक, अधिकार सुनिस्चित गर्नको लागि खोलिएको र श्रमिकको संस्था भएको हुनाले सोही बमोजिमका कार्यहरु गर्न अनुरोध गर्दै आफ्ना सान्दर्भिक भनाइहरु राख्नुभएको थियो ।
प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोखरेलले प्रवाशमा रहेर यहाँका कानुन, संस्कृतीलाई पालना गरि हामी जुन पार्टीमा आबद्ध रहेपनि उक्त पार्टीलाई श्रमजिवि मैत्री वनाउन सक्नुपर्ने बताउनु भयो । श्रमिक हरुको एकताले नै देश समृद्धि बनाउन सकिन्छ भन्ने कुरामा जोड दिदै आउने नयाँ कार्यसमिति अझै जुझारु ससक्त बनोस र श्रमिकको पक्षमा दृढ़ भएर उभिन सकोश भन्दै आफ्ना शुभकामना मन्तव्य राख्नु भएको थियो । साथै अहिले नेपालको रास्ट्रिय समस्या (Mcc ) अमेरिकी सहयोगसम्बन्धी सम्झौता 'एमसिसी सम्बन्धी आफ्नो धारण राख्दै त्येहा रहेका केही बुँदाहरु हटाएर पारित गर्नुपर्ने बताउनुभयो । समग्रमा नेपालमा दुई मात्र पार्टी एमाले - काङ्ग्रेस रहेको र देशको निकासपनि यिनै दुइटा पार्टीले गर्ने बताउनु भयो ।
कार्यक्रममा जिफन्ट कतारका सल्लाहकार प्रभात त्रिपाठी, जिफन्ट सहयोग समूह कतारका संस्थापक अध्यक्ष विश्व नेपाल, जनसम्पर्क समिति कतारका सभापति मो.अजिज अलि,जनप्रगतिशील मञ्च कतार रास्ट्रिय कमिटी सचीव उत्तर ब. रोकाय,एन आरएनए कतार उपाध्यक्ष प्रेम चलाउने
नेपाल आदिवासी जनजाती महासंघ कतार महासचिव एक राज राइ,नेपाली समाजका राजाराम साही,पिएन सिसि कतार प्रतिनिधि हमिद खान लगायतले बोल्दै नेपाली प्रवासी श्रमिक संघ (GEFONT ) ले स्थापना काल देखीनै नेपाली श्रमजिवि मजदुरको पक्षमा वकालत गरिरहेको बताउनुभयो ।
प्रबासी नेपाली मञ्च कतारका उपाध्यक्ष द्वय चानिलाल राजबंशी र जियाबाबु खान, सल्लाहकार केबि हमाल, सचिवालय सदस्य साथै सङ्गठन बिभाग प्रमुख चन्द्र बि.क, सचिवालय सदस्य तथा सङ्गठन बिभाग उप संयोजक बालकृष्ण भित्रीकोटी, सचिवालय सदस्य साथै सङ्गठन बिभागका सचिव बिनेष तामाङ, सचीवालय सदस्यहरु रेणु चौलागाईं,बिजय बिक्रम बस्नेत, खिम बहादुर रानामगर, समाज सेवि शेख साहनवाज परबेज, गफुर अहमद लगायतको बाक्लो उपस्तिथी रहेको थियो ।
कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनको लागि जनसंगित मञ्च कतारका कलाकार हरु शिवराम ढकाल, सोबित बि.क, अमृत परियार, बाबू कौशल लगायतका जनकलाकरहरु द्वारा स्वागत गीत प्रस्तुत गरिएको थियो । कोभिड लगायत विभिन्न समयमा नेपाली श्रमिकहरुलाई सहयोग गर्ने लाई पनि सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
सभापति मगरले आफ्नो मन्तव्य राख्दै संघले आफ्नो कार्यकालको अवधिमा धेरै नेपाली श्रमिकको आवाज बुलन्द गरेको बताउनु भयो ।
दोहामा रहेका विभिन्न संघ संस्था एनआरएनए कतार, नेपाली दूतावास कतार सङ्ग समन्वय गरेर "कोभिड १९ " को बेला (२७५ ) भन्दा बढी नेपाली श्रमिक हरुलाई खाना लगायतका बन्दोबस्त र ८२ जना श्रमिक लाई नेपाल फर्किन पहल गरेका थियौ । अझैपनि थुप्रै श्रमिकका समस्या संस्थामा आइरहेका छ्न,ती समस्यापनि बिस्तारै समाधान गर्दै जाने बताउदै कार्यक्रममा उपस्थित र सफल पार्ने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै समापन गर्नुभएको थियो । पहिलो चरणको औपचारिक कार्यक्रमको सहजीकरण खेमराज सुबेदि र उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य समुन्द्र खड्काले राख्नु भएको थियो ।
पाचौं अधिबेशनबाट निर्बाचित नयाँ कार्यसमिति यश प्रकार छ ।
अध्यक्ष : शेषराज तिमिल्सिना
उपाध्यक्ष : खेमराज सुबेदी
दृतिय उपाध्यक्ष : समुन्द्र खड्का
महिला उपाध्यक्ष : मन्जु गुरुङ
महासचिव : सद्दाम हुसेन अन्सारी
सचीव : लोक ब. थापा
सचीव : बिन्दा लामा
सचीव : नवराज साही
सदस्यहरु क्रमश : बिष्णु बहादुर, सार्की, रामजि खड्का,अम्बिका सुब्बा,लक्ष्मी परियार,गिरि प्रसाद दर्लामी,बिजय कुमार, लोक ब. जोगि,सोबित बहादुर बि.क रहेका छ्न ।
नव निर्बाचित कार्यसमितिलाई (GEFONT) जिफन्ट बिदेश बिभाग प्रमुख स्मृती लामाले "सपथ ग्रहण " गराउनु भएको थियो भने निर्बाचन कमिटी संयोजक प्रभात त्रिपाठीले प्रमाण पत्र बितरण गर्नुभएको थियो । उक्त कार्यक्रमको सहजीकरण प्रवासी नेपाली मञ्च कतार सङ्गठन बिभाग सचिव बिनेश तामाङले सहजीकरण गर्नुभएको थियो ।image widgetimage widgetmage widget