कतार / तमु (गुरुङ)समाज कतार र तमु प्ये ल्हु संघ शाखा कतारको संयुक्त आयोजनामा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम हुने भएको छ ।
विशेष माङी त्हे (माघ महिना) को अबसरमा मनाइए पनि योपाली ( covid-19) को कारणले गर्दा केहीसमय ढिला भएको र बिगत देखीको कार्यक्रमलाई निरंतरता दिदै उक्त कार्यक्रम गर्न लागिएको तमु (गुरुङ)समाज कतारका अध्यक्ष तथा कार्यक्रम संयोजक, खुशी मान गुरुङले मुग्लानी खबरलाई बताए ।
कार्यक्रममा NRNA NCC QATAR, नेपाल आदिवासी जनजाती महासंघ कतार, महासंघका मातृसस्था,सबै सस्थाको महिला बिभाग संयोजक हरुलाई विशेष अतिथिको रुपमा निमन्त्रणा गरिएको कार्यक्रम संयोजक गुरुङले जानकारी गराए ।
आउँदो शुक्रबार फेब्रुअरी २५ तारिकका दिन दोहा स्थित अफगानी मण्डी रेस्टुरेन्ट, नज्मा(पुरानो अल नक्यान)मा दिनको ठिक ०१:३० बजे सुरुहुने कार्यक्रममा चेलीबेटी भोज तथा कलाकार सम्मानका साथ उपस्थिति कलाकार हरुबाट विविध मनोरञ्जनात्मक कार्यक्रम सहित ल्होसारमा आर्थिक सहयोग गर्नुहुने दाताहरुलाइ सम्मान पत्रद्वारा सम्मान गरिने छ
कतारमा स्थापनाकाल देखीनै आफ्नो भाषा,धर्म,कला, संस्कार सस्कृती संरक्षणका साथै विभिन्न रचनात्मक,सामाजिक, आर्थिक लगायतका कार्यमा अग्रसर रहेका तमु (गुरुङ)समाज कतार र तमु प्ये ल्हु संघ शाखा कतारले संयुक्त आयोजनामा गत डिसेम्बर ३१ मा राष्ट्रिय महान पर्व "तमु ल्होसार पर्व भब्य रुपमा मनाइ सकेका छ्न ।