अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग नेपालले गरेको सम्झौता संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलबीच आज (बिहीबार) ‘निर्णायक’ छलफल हुने भएको छ।
सत्ता गठबन्धनका दलमध्ये नेपाली कांग्रेस मात्रै सम्झौता जस्ताको तस्तै प्रतिनिधि सभाबाट अनुमोदन गरिहाल्नुपर्ने पक्षमा देखिएको छ भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टी (जसपा) समेत एमसीसी संशोधन नगरी तत्काल संसदबाट पास गर्न नहुने पक्षमा उभिएका छन्। राष्ट्रिय जनमोर्चा त पहिलेदेखि नै एमसीसीविरुद्ध छ।
हिजो बुधबारकै प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गरिछाड्ने योजनामा रहेका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रलगायत गठबन्धनमै रहेका दलले विरोध गरेपछि सफल हुन सकेनन्।
यसबीच नेकपा माओवादी केन्द्रले त एमसीसी जबर्जस्ती संसदमा पेस गरिए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ भने नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टी (जसपा) समेत एमसीसी संशोधन नगरी संसदमा पेस गर्न नहुने पक्षमा उभिएका छन्। राष्ट्रिय जनमोर्चा त पहिलेदेखि नै एमसीसी खारेजै हुनुपर्छ भनिरहेको छ।
प्रतिनिधिसभामा बुधबार एमसिसी सम्झौता पेस गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधव नेपालले सहमतिबिना अघि बढे गठबन्धन टुट्ने धम्की दिएपछि त्यसबाट पछि हटेका छन् ।
‘विगतदेखि नै माओवादी र नेकपा एसको धारणा स्पष्ट छ। संशोधनबिना एमसिसी सदनमा पेस गर्नुहुँदैन।
माओवादी संसदीय दलको बुधबार बसेको बैठकले एमसिसी सम्झौता संशोधनबिना सदनमा पेस गर्न नहुने र प्रधानमन्त्री एक्लै अघि बढे सरकार छाड्ने निर्णय गरेको छ।