झापा: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान प्रान्तिय मंचको झापा कमल गाउँपालिकामा बाकी रहेको ६र ७ वडासमितिमा हिजो माघ २९ गते शनीबार कमल गा. वडा न.६-को मान बहादुर सावाको घरस्थित प्राङ्गणमा वडा समिति गठन गरिएको छ !
गाउँपालिका अध्यक्ष मावोहाङ अमर लिम्बूको अध्यक्षतामा आयोजित कमल गाउँपालिका वडा न.६ समिति पुन:गठन कार्यक्रममा शुवास सावाँको अध्यक्षमा ११ सदस्य गठन गरेको छ भने उपाध्यक्षमा राजेन्द्र ताजपुरिय, सचिव मणिकुमार लिम्बू ,सहसचिव चन्द्रबिक्रम आङ्देम्बे ,कोषाध्यक्ष नारायण बान्तावा र सदस्यहरुमा क्रमश: बिजय धिमाल, राजकुमार, नेम्बाङ भक्त लिम्बु ,लक्षिमी देवी तिमिल्सिना, पुनम लिङ्देन राई, सेन्छेन लिन्बु र सल्लहाकार सम्योजकमा बिरबहादुर पतङ्वा चुनिएका थिए !
प्रमुख अथिती संघीय लिम्बुवान प्रान्तिय महसचिव बुष्णु भट्टराईले नवनिर्वाचित कार्यसमिती लाई सपथ-ग्रहण खुवाएकी थिइन। त्यस्तै बिष्णु भट्टराईले आफ्नो मन्तब्यमा बोल्दै यो ठाउँ आफ्नो जन्म क्षेत्रभएको अवगत गराउदै सो समिती गठन बारे आफ्नो हक अधिकार का लागि सबै जन्ताहरु जुट्नुपर्ने र आफ्नो पार्टिले उठाएको मुद्दाहरु सहि हुदा हुदैपनी पहिचान बिरोधीहरुले गलत अर्थ लगाएर पार्टिलाइ कमजोर बनाउन लागिपरेको भन्दै अब कोही त्यस्तो भ्रममा नपर्न जानकारी गराउदै नब:निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना दिएकी थिइन
त्यस्तै प्रान्तिय सचिवालय सदस्य बलनाथ नाल्बो लिला राई, कविराज शेर्मा र बिरेन्द्र कुमार याक्थुम्बाहरुले आ-आफ्नो भनाई राखेका थिए । कार्यक्रमका अतिथीहरुमा कमल गाउँ पालिका सदस्य भिम लावति, दमक नगरपालीका उपाध्यक्ष मनु साम्बाङ राई, द.उपाध्यक्ष ममता लिम्बु, दन. कोषाध्यक्ष सीता केरुङ सचिवालय सदस्य पदम बेगा, दिवा सम्बाम्फे दन. वडाध्यक्ष दमक-६ रविन राई लगाएत उपस्थित रहेका थिए।
राष्ट्रिय-गान र बिर सहिदहरु प्रती मौनधारण बाट शुरुवात गरिएको उक्त कार्यक्रम सुर्य याक्पाङ्देनद्वारा संचालित तथा स्वागत मन्तब्यमा गाउँपालीका सदस्य इन्द्रहाङ् सदेम्बाले गरेका थिए अन्त्यमा:पार्टिको बिधान पुस्तिका, एजेण्डा सहितको घोषणा-पत्र, झण्डा,माइनेटिंग रजिस्टर एकमुष्ट नवनिर्वाचित वडाध्यक्ष,उपाध्यक्ष र सचिवको हातमा प्रादान गर्दै सभापती मावोहाङ अमर लिम्बुले वाड न. ६र७ गठन सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष सहयोगीहरु लाई धन्यबाद दिदै आफ्नो पार्टिले उठाएको मुद्दा एजेण्डा हकाधिकार प्राप्तिका लागि भएको हुदा एकजुट भएर जुटन आग्रह गर्दै दुइटै वडाका कार्यसमिती नवपदाधिकारी तथा सद्स्यहरुलाई शुभकामना गरेका थिए l
कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अक्ष्यक्ष शुवास सावाले आफुलाई नेतृत्व जिम्मीवारी ठाउँमा पुर्याउन सबै सहयोगीहरुमा धन्यबाद दिदै समितिमा सबैको साथ सहयोग पाउने अपेक्षा गर्दै र आफ्नो पार्टिको बृहत्तर प्रगतिको लागि आफूबाट सक्दो प्रयास गर्ने प्रतिबध्यता ब्यक्त गर्दै कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए ।