काठमाडौं - मालिका गाऊपालिका-२ रुम म्याग्दी स्थाई घर भई हाल कास्की हेम्जामा बसोबास गर्ने बुवा मदन बि.क र आमा चन्द्र कुमारी बि.क को १० बर्षिय कान्छो छोरा निश्चल बि.क रक्तक्यान्सर रोग बाट ग्रसित भई जीवन र मरणको दोसाधमा भिख मागिरहेका छन् !
पिडित पोखरा स्थित मणिपाल, भरतपुर क्यान्सर अस्पताल हुदै अहिले काठमाण्डौ स्थित निजामती कर्मचारी ( सिभिल) अस्पतालमा उपचार्रथ छन। आर्थिक आवस्था निकै कमजोर भएको कारण छोराको उचित उपचार हुन नसकेको आमाले सुनाउनु भयो, निश्चलको बुवा बैदेशिक रोजगारीको लागि कुवेतमा छन। सिभिल अस्पतालको शैयामा जीवनर मृत्युको दोसाधमा छटपटाई रहेको छोरालाई मुसार्दै आमा भन्छिन आर्थिक अभावको कारण छोराको ज्यान बचाउन सकिन्न कि भन्ने पिरले पिरोलि रहेको छ।
श्रीमान बैदेशिक रोजगारको लागि कुवेतमा भए पनि न्युनतम कमाईको कारण छोराको उचित उपचार हुन नसकेको दुखेसो सुनाउनु भयो, साथै देश तथा बिदेशमा छरिएर बस्नु हुने सम्पुर्ण नेपाली मनहरुलाई हार-गुहेर गरि नावालक छोराको जीवन रक्षाको लागि अपिल समेत गर्नु भएको छ। अहिले सम्म के कति खर्च भयो भनेर सोधिएको प्रश्नमा, बिभिन्न पटक र बिभिन्न अस्पताल गरि (छ लाख) रुपैया खर्च भईसकेको आमा चन्द्रकुमारी बिकले बताउनु भयो !
गह भरि आसु पर्दै आमा मधुर स्वरमा भन्नु हुन्छ, खै छोरालाई बचाउन सकिने हो कि होईन, सिभिलले बोनम्यारो सल्यक्रिया गर्नु पर्ने बताएको छ, सल्यक्रिया पश्चात आइसियुमा राख्नु परे ३० लाख र नराख्नु परे २५ लाख लाग्ने भनेको छ, आशा छ विश्वभर सबै भन्दा फराकिलो मन भएका हामी नेपाली पर्छौ, दानी मनका धनि सम्पूर्ण नेपाली हरुले सानो आर्थिक सहयोग गरिदिए पक्कै पनि मेरो छोराले पुनर्जन्म पाउने छ।
नावावालक छोरा निश्चलको जीवन रक्षाको लागि सहयोग गर्न चाहान्छु भने निश्चलकी आमा चन्द्रकुमारी बि.कको नाममा रहेको मेघा बैंकको खाता नम्बर (१४२००५००१५४७९ ) गर्रन सक्नुहुने छ र विस्तृत जानकारी लिनु परेको खण्डमा वा निश्चल बचाउ अभियानका संयोजक उदयकुमार बुढाथोकी सहसंयोजक भुपेन्द्र नेपाली मोबईल नम्बर ९८६०७१५१८६, ९८४६७७८८३३ मा पनि सम्पर्क गर्न सक्ने पिडित कि आमाले मुग्लानी खबरलाई जानकारी गरेकी छिन !