काठमाडौ - गोकर्णेश्वर नगरपालिका स्थित वडा नं ९ को सभाहलमा कार्यक्रमको आयोजना गरि युवाहरूलाई खेलकुद सामाग्री तथा ज्येष्ठ नागरिकलाई सम्मान सहित न्यानो कपडा बितरण गरिएको छ।
गोकर्णेश्वर नगरपालिकाको सहयोग तथा राम मन्दिर उपभोक्ता समितीको आयोजनामा युवाहरूलाई खेलकुद सामाग्रीको बितरण गरिएको थियो भने गोकर्णेश्वर नगरपालिका वडा नं ९ को आयोजनामा ज्येष्ठ नागरिकलाई सम्मान तथा न्यानो कपडा ( ब्ल्यान्केट) बितरण गरिएको थियो। गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिव थापाको सभापतित्व तथा नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यमा भएको उक्त हस्तान्तरण कार्यक्रममा विशेष अतिथी उप प्रमुख शान्ती नेपाल,प्रमुख सल्लाहकार दिपक रिसाल, कर्मचारीहरु बुद्धिजीवीहरु, जनप्रतिनिधिहरु लगाएत स्थानीय दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा खेलाडीहरुलाई फुटबल,ब्याडमिन्टन , फुट्सबल, भली बल,कोन ,मार्कर,बिफ्स,ब्याडमिन्टन कक, मोजा , जुत्ता,जर्सी ,टि सर्ट,ट्र्याक सुट,बास्केट बल लगाएतका सामाग्री बितरण गरिएको थियो।
कार्यक्रममा बोल्दै उपमेयर शान्ती नेपालले गोकर्णेश्वर नगरपालिका भित्र ज्येष्ठ नागरिक तथा युवाहरुका बारेमा मध्ये नजर गर्दै सम्पुर्णलाई मिलाएर अगाडी बढाईरहेको बताईन। उपमेयर नेपालले बिहान बेलुका आफ्ना दौतरी साथि भाइ दिदिबहिनीहरु संग बस्ने भलाकुसारी गर्ने जस्ता पार्कको निर्माण गर्नुपर्ने,युवाहरुको चाहाना अनुरुप विभिन्न तालिमको ब्यबस्था,खेलकुद प्रेमी युवाहरुलाई युवतीहरूलाई खेलकुदका सामाग्री बितरण गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिलाउन नगरपालिका सदैब तत्पर रहेको बताईन।नगरपालिकाद्वारा प्रदान गरिएका खेलकुद सामाग्री,तालिम, सीप को पुर्ण रुपमा सदुपयोग गर्दै आत्मनिर्भर बन्न आग्रह गरिन भने खेलाडी युवायुवतीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा गोकर्णेश्वर नगरपालिका तथा नेपालकै नाम बिश्वभर चिनाउन सक्षम सबल बन्न सकुन भन्दै शुभेच्छा प्रकट गरेकी थिइन।
त्यसैगरी सभापति राजिव थापाले बोल्दै नगरपालिका भित्र निर्माण गरिएका केही भौतिक संरचना निर्माण गर्दा केही आफ्ना चाहाना अनुरुप कार्य सफल बनाउन नसकिएको जानकारी गराए।अहिलेको समाजमा अनुशासनको कमि हुँदै गएको एकले अर्कालाई सम्मान गर्न समेत भुलिसकेको ले हाम्रो ध्यान आफ्ना बाबालिका तिर समेत जान जरुरी रहेको बताउदै ब्यस्त समयका बाबजुद पनि कार्यक्रममा आएर सफल बनाईदिनु भएकोमा सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै औपचारिक कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए।