दोहा / प्रवासी नेपाली मञ्च कतार अन्तर्गतको ६ नम्बर नगरकमिटी (लेबर सिटि) ले तेस्रो अनिवार्य बैठक सम्पन्न गरेको छ।
कमिटीका का.वा अध्यक्ष गणेश दुलालको अध्यक्षमा सम्पन्न बैठकलाई मञ्चका राष्ट्रिय कमिटी महासचिव प्रभात त्रिपाठीले प्रमुख अतिथिको रुपमा टेलिफोन द्वारा सम्बोधन गरेका थिए। सम्बोधनमा कतारमा कार्यरत श्रमजीवीहरुको हकहितका लागि सामाजिक भावनामा उत्प्रेरित हुँदै संगठलाई चुस्त दुरुस्त बनाउँदै लैजानु पर्नेमा जोड दिएका थिए साथै आगामी दिनमा संगठनले नगरकमिटीहरुलाई संगठन सम्बन्धी प्रशिक्षण दिने बताएका थिए ।
उक्त बैठकले रिक्त पदहरुमा व्यापक पदपूर्ति गरेको छ। जसमा अध्यक्ष गणेश दुलाल सहित पदाधिकारी र सदस्यमा क्रमशः उपाध्यक्ष दावा छिरिङ्ग तामाङ, सचिव पुष्प बहादुर बुढाथोकी, सह- सचिव दिल बहादुर भट्टराई, कोषाध्यक्ष हरि बहदुर नेपाल, सदस्यहरु- छत्र बहादुर लिम्बू, ताेयानाथ खतिवडा, भरत खतिवडा, भरत राई, टेक बहादुर खत्री, इन्द्र बहदुर बि.क, योगेन्द्र कट्टेल, झलेन्द्र बिश्वकर्मा, प्रेम भुजेल, जीवन कटुवाल, रोहिणी खतिवडा र डिल्लीराम कार्की रहेका छन्।
बैठक ग्रान्ड मल नजिकैको लेबर सिटिमा सम्पन्न भएको हो।