प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने लिखित प्रतिबद्धता गरेको पत्र आइतवार एकाएक सार्वजनिक भयो ।
प्रधानमन्त्री देउवाले आफू र दाहालले संयुक्त रुपमा एमसीसी बोर्ड अध्यक्षलाई सम्बोधन गरेर पत्र पठाएको यसअघि नै खुलासा गरिसकेका छन् ।
पत्र आइतवार अकस्मात सार्वजनिक भएपछि दाहाल नैतिक संकटमा परेका छन् । उनले आइतवार नै प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवासमक्ष पत्र सार्वजनिक गरेकोमा असन्तुष्टि जनाइसकेका छन् ।
एमसीसी मुख्यालयलाई १६ फागुनभित्र एमसीसी संसदबाट अनुमोदन गर्ने भन्दै लेखिएको संयुक्त हस्ताक्षरसहितको त्यो पत्र २९ सेप्टेम्बर अर्थात १३ असोजमा पठाइएको थियो ।
प्रधानमन्त्री देउवाले आफू र दाहालले संयुक्त रुपमा एमसीसी बोर्ड अध्यक्षलाई सम्बोधन गरेर पत्र पठाएको यसअघि नै खुलासा गरिसकेका छन् ।
पत्र आइतवार अकस्मात सार्वजनिक भएपछि दाहाल नैतिक संकटमा परेका छन् । उनले आइतवार नै प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवासमक्ष पत्र सार्वजनिक गरेकोमा असन्तुष्टि जनाइसकेका छन् ।
देउवाले भने प्रधानमन्त्री कार्यालयका तर्फबाट पत्र सार्वजनिक नभएको स्पष्टीकरण दिएका छन् ।
एमसीसी मुख्यालयले देउवा र दाहालबाट प्रतिबद्धता व्यक्त भएको मिति नजिकिँदै जाँदा दबाब बढाइरहेका बेला आइतवार अकस्मात सो पत्र नै सार्वजनिक भएपछि मुलुकको राजनीति नै तरंगित भएको छ । राजधानी दैनिकमा खबर छ ।