दोहा कतार- तामाङ जातीको नयाँ वर्ष तथा नेपालीहरुको राष्ट्रिय चाड २८५८ औ सोनाम ल्होछार (बाघ) बर्गको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम-२०७८ सम्पन्न्न भएको छ।
नेपाल प्रबासी तामाङ समाज कतारको आयोजनामा भएको उक्त कार्यक्रममा समाजका अध्यक्ष सुबाश तामाङको सभापतित्व तथा नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवारको प्रमुख आतिथ्यतामा भएको हो।त्यसैगरी कार्यक्रममा ,संस्थाका बिदेश बिभाग प्रमुख तथा सल्लाहकार शंखलाल तामाङ , संथापक अध्यक्ष शुक बहादुर तामाङ,पुर्व अध्यक्ष तथा विशेष सल्लाहकार तिर्थ थिङ तामाङ,प्रमुख सल्लाहकार धिरेन तामाङ, कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,लामा गुरु, कलाकार,बुद्धिजिबी पत्रकार लगाएत तामाङ तथा गैर तामाङ नेपाली दाजुभाई तथा दिदिबहिनी हरुको बाक्लो उपस्थिति रहेको थियो।
दीप प्रज्वलन गरि औपचारिक रुपमा संचालन भएको कार्यक्रममा संस्थाका महासचिब आशिष् मोक्तान तामाङले सहजीकरण गरेका थिए भने स्वागत मन्तब्य प्रथम उपाध्यक्ष संजय डिम्डुङले राखेका थिए।
ल्होछार के हो र यसको बिशेषता र महत्वका बारेमा समाजका पुर्व उपाध्यक्ष तेज मोक्तान तामाङले स्पष्ट पारेका थिए।
कार्यक्रमका विशेष अतिथी तथा एनआरएन ए ( एन सिसि) कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले नेपालीहरुको राष्ट्रिय चाड २८५८ औ सोनाम ल्होछार प्रवासमा रहेर पनि नेपालको मौलिक संस्कृति, भेष भुषा धर्म संस्कार सस्कृतिको जगेर्ना गर्दै संरक्षण सम्बर्द्धन तथा प्रबर्द्धनमा नेपाल प्रबासी तामाङ समाज कतारद्वारा गरिएको कार्य अतुलनीय रहेको बताए ।
अध्यक्ष मुसलमानले कतारमा कुनै पनि नेपालीहरु समस्यामा पर्नु भएको छ भने गैर आवासीय नेपाली समाज कतारलाई जानकारी गराईदिनहुन अनुरोध गर्दै आजको यस कार्यक्रममा उपस्थित भएर मन्तव्य राख्ने अवसर दिनुभएकोमा धन्यवाद दिदै कार्यक्रम पुर्ण आफलताको शुभकामना ब्यक्त गरेका थिए।
त्यसैगरी तमु गुरुङ सेवा समाज कतारका अध्यक्ष खुसीमान गुरुङले बोल्दै कतार सरकार द्वारा जारी गरिएको स्वास्थ्य मापदन्दलाई पुर्ण रुपमा पालना गर्दै कार्यक्रम सफल बनाईदिन हुन आग्रह गर्दै आयोजक संस्था तामाङ समाज कतारलाई धन्यवाद ब्यक्त गरेका थिए।तमु गुरुङ सेवा समाज कतार र नेपाल प्रबासी तामाङ समाज कतारको बिगत देखी एक आपसमा भएको आत्मियता भाईचारा सम्बन्धलाई निरन्तरता दिदै सम्मान तथा कोसेली आदान प्रदान गरिएको थियो।
त्यसैगरी प्रमुख अतिथि पुरुषोत्तम सुनुवारले प्रवासमा भए पनि आफ्नो मौलिक पहिचान जाती धर्म संस्कार संस्कृतिको संरक्षण सम्बर्द्धन प्रबर्द्धनमा समाजले उल्लेखनीय भुमिका खेलेको भन्दै प्रशंसा गरेका थिए।नेपाल प्रबासी तामाङ समाज कतारले बिगत का दिन देखि संस्थालाई समाजसेवा मुखी बनाउदै गरिब बिपन्न दुख पीडामा परेका नेपालीलाई उद्धार गरि धन्यवादको पात्र बन्न सफल भएको समेत बताएका थिए। नेपालमा रहेका सबै जातजाति मध्येको ठूलो बाहुल्य र बौद्ध मार्गी तामाङ जाती भएकोले आफ्नो अधिकार र पहिचानमा समेत अडिग रहेको बताउदै कार्यक्रम पुर्ण सफलताको शुभकामना ब्यक्त गरेका थिए।
अन्त्यमा कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष सुबाश तामाङले हाम्रो निमन्त्रणालाई सहस्र स्वीकार्दै उपस्थित हुनुहुने सम्पुर्ण ब्यक्तित्वहरु र कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।
बिशेष गरि शुभकामना आदानप्रदान तथा सास्कृतिक प्रस्तुति रहेको कार्यक्रमा दर्जनौ स्थानीय कलाकारहरु गित नृत्य प्रस्तुत गरि मनोरंजन प्रदान गरेका थिए।प्रस्तुति राख्ने कलाकारहरुमा कुमार ओख्रेली, सृजना तामाङ, भबिन्द्र तामाङ, उर्मिला तामाङ , मोईराम तामाङ सल्मा तामाङ,.बुद्धि लोप्चन,सृचन तामाङ लगाएतका कलाकारहरुले नेपाली तथा तामाङ भाषाका गीतहरु तामाङ सेलो, म्हेन्दोमाया लगाएतका गीतहरु प्रस्तुत गर्दा गाउँ घरमा ल्होसार मनाएको जस्तै झल्को दिलाएका थिए ।भने उक्त कार्यक्रमको सहजीकरण श्री पाखृङ तामाङले गरेका थिए ।
"तामाङ जातिको परिवर्तन,शैक्षिक तथा आर्थिक सुदृढीकरण" भन्ने मुल नाराका साथ सन् २००५ मा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारले बिगतका दिनहरुमा पनि भब्य उपस्थितिको बिच सोनाम ल्होछार शुभकामना तथा साँस्कृतिक कार्यक्रम गर्दै आइरहेको छ ।