दोहा, कतार
गैरआवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारले विभिन्न चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।
संघले आदिबासी जनजाती समुदायको चाड पर्वहरुको अवसरमा फेब्रुअरी ११ तारिख शुक्रबारका दिन सहानिया स्थित अलदोसरी पार्कमा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको जनाएको छ ।
संघले बर्सेनी संयुक्त रूपमा चाडपर्वको शुभकामना आदानप्रदान गर्दे आएकोमा अहिले बाट २ चरणमा कार्यक्रम गर्न लागेकोको हो । पहिलो चरणमा दशै, तिहार, छठ पर्व, नेपाल सम्वतको अवसरमा कार्यक्रम सम्पन्न भैसकेको छ भने अब दोस्रो चरणमा बिशेषत आदिबासी जनजाती समुदायका चाड पर्वहरु साकेला उधौली,चासोक तोङ्गनाम, रापावा श्यादर पिदार, प्य्हुगाल पारिम,तमु ल्होसार,माघ्या सकराटी (मिनाम सार ल्हेस), मन्जुश्री सम्वत, सोनाम ल्होछार, समुल्वापव दुक्षे,माघी, नयाँ खुवा, लदि कोशी पुजा, नेवा पुच: र ल्होसार-लि.ल फङको अवसरमा कार्यक्रम गर्न लागिएको हो ।
सबै चाडवाडको संगै सुभकामना आदानप्रदान कार्यक्रम गर्दा कतिपय पछाडी आउने कार्यक्रमको समय सान्दर्भिक नहुने हुदा दुई चरणमा कार्यक्रम गर्न लागिएको गैरआवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताउनुभयो ।
आगामी फेब्रुअरी ११ तारिखमा हुने कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्ग कतार मातहतका मातृसंस्थाहरु तथा अन्य आदिवासी जनजाति संस्थाहरु बाट आ-आफ्नो समुदायको पहिचान झल्काउने झाकी सहित विभिन्न सास्कृतिक प्रस्तुत रहने एनाअरएनए एनसीसी कतारका सचीव एवं कार्यक्रम संयोजक रविन मगरले बताउनुभयो ।