काठमाडौ - गोकर्णेश्वर नगरपालिकाको सहयोग तथा बिहानी एकल महिला एवं सशक्तीकरण महिला समुहको आयोजनामा जेष्ठ नागरिक सम्मान तथा २८५८ औ सोनाम ल्होछार २०७८ को उपलक्ष्यमा शुभकामना आदानप्रदान जोरपाटी स्थित पिस ब्याङ्केटको सभाहलमा सम्पन्न भएको छ।
बिहानी एकल महिला समुहकी अध्यक्ष झुमा लामाको अध्यक्षता तथा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथी उपमेयर शान्ती नेपाल रहेकि थिईन।त्यसैगरी अतिथिहरुमा नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ३ ख का सभापति बिमल ठकुरी,नगर प्रबक्ता तथा वडा नं ८ का वडा अध्यक्ष मनोज ढुंगाना,नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल,वडा अध्यक्षहरु रमेश अर्याल,नारायण सुवेदी,राजिव थापा ,राम मानन्धर,वडा सदस्यहरु बुद्धिजीवी, समाजसेबी, कर्मचारी पत्रकार लगाएत स्थानिय दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा करिब १५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो जस मध्ये सुनमाया लामा,पुष्पा लिम्बू,फुर्बा लामा,सिरुफ लामा, सन्चु लामा,ज्ञल्यामु लामा,नानी खत्री,राधिका वडारी,कान्छी श्रेष्ठ ,श्री कुमारी श्रेष्ठ,कमला लामा,मख्खन लामा,दोमन्ती थापा मगर,ठुली लामा र शान्ती लामा लगाएतका रहेका थिए कार्यक्रममा जिससका सदस्य श्रीमती सान्नाली लामा, गोकर्णेश्वर नगरपालिका वडा न ६ का ईकाई सभापति दिपक लामा लगाएतका ब्यक्तित्वहरु रहेका थिए।
कार्यक्रमका बिशेष अतिथि शान्ती नेपालले हाम्रो धर्म संस्कार सस्कृती कदापि भुल्न नहुने भन्दै सबै जातजातिका चाडहरुले एक अर्का प्रती सहिष्णुता,आत्मियता,भातृत्वको बिकास गर्ने बताईन।उपमेयर नेपालले कार्यक्रमका आयोजक टिम उपस्थित सम्पुर्ण ब्यक्तित्वहरु,देश देखि बिदेशमा रहनु भएका सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा सोनाम ल्होछारको शुभकामना ब्यक्त गरेकी थिईन।
कार्यक्रमका प्रमुख अतिथी सन्तोष चालिसेले बोल्दै गोकर्णेश्वर नगरपालिकामा स्थापित एकल महिला समुहले विभिन्न कार्यक्रम गर्दै आईरहेको क्रममा यो धर्म संस्कार सस्कृतीको संरक्षण र सम्बर्द्धनका लागि २८५८ औ सोनाम ल्होछार बाघ बर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम तथा जेष्ठ नागरिक सम्म्मान कार्यक्रमको आयोजना गरेर धन्यवादको पात्र हुनुभएको बताए। सबै जात जाती धर्म सस्कृती संस्कार,संघ संस्था लगाएतलाई समेटेर गोकर्णेश्वर नगरपालिका मुलुककै एउटा नमुनाको नगरपालिकाको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको बताएका थिए।