दोहा / "लुम्बिनी प्रदेश समन्वय परिषद" कतारको विशेष `परिषद्´ भेला सम्पन्न भएको छ ।
"हामी प्रदेसीको चाहाना समृद्ध प्रदेस हाम्रो कामना" भन्ने मुल नाराका साथ कतारमा रहेका लुम्बिनी प्रदेश बासीहरुको साझा संस्थाको रुपमा स्थापित समन्वय परिषद कतारले आज शुक्रबारको दिन अनलाईन (भर्चुअल) मार्फत विशेष `परिषद´ भेला सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष बुद्ध पान्डेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थाका प्रमुख सल्लाहकार कमलमणि गुराँगाई रहनु भएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार हरु, लुम्बिनी प्रदेश अन्तरगत पर्ने जिल्लागत संस्थाका अध्यक्षहरु, विभिन्न सामाजिक तथा बौद्धिक ब्यक्तित्वहरु लगायत परिषद सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कोरोना महामारीले बिश्व आतंक बनाईरहेको र कतारमा रहेका नेपाली समुदायलाई पनि प्रत्यक्ष असर गरिरहेको बेला सजकता अपनाई प्रबिधिको सदुपयोग गर्दै जुम मिटिङ मार्फत संस्थाका प्रथम उपाध्यक्ष ठाकुर कुमार परियारले उपस्थिति सम्पुर्णलाई स्वागत मन्तव्य बाट स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा सल्लाहकारहरु एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, बुद्धिजीवीहरुमा क्रान्ति सिंह, केबी हमाल, लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो । मन्तव्यको क्रममा विभिन्न समस्याको कारणले लुम्बिनी प्रदेश समन्वय परिषद कतारले आर्थिक,नैतिक तथा भौतिक रूपमा थुप्रै कार्यहरु गर्न खोज्दा पनि सफल नभएको बताउनु भयो ।
विशेष गरि बिगत लामो समय देखि बाकी रहेको प्रदेश परिषद अधिबेशन लाई समय सान्दर्भिक परिचालन गर्न गराउन अनुरोध गर्दै कसरी सहज र सहजीकरण गर्न सकिन्छ भन्ने कुराका ध्यान दिदै छिट्टै अधिबेशनको मिति तोक्न जोड दिनुभयो । बिधानमा २ बर्ष भित्र अधिबेशन गर्नुपर्ने लेखिएको भएपनि करिव साढे ३ बर्ष बित्यो, त्यसैले जतिसक्दो छिटो अधिबेशन गरेर अझै योग्य नेतृत्व चयन गरेर संस्थालाई गतिशिल बनाउनु पर्ने बताउदै विशेष `परिषद´ भेला सभ्य एवम भब्य बनोस भन्दै शुभकामना प्रकट गर्नुभएको थियो ।
प्रमुख अतिथि गुराँगाईले बोल्दै संस्था स्थापना भएदेखी नै आफुले सबै गतिविधिहरु नजिक बाट नियाली रहेको छु, तर कामगर्न खोज्दै जादा कोभिड लगायतका समस्या झेल्नु परेको छ । गुराँगाइले भन्नुभयो : तर्क,बिचार, समस्या आ- आफ्ना ठाउॅंमा समय सान्दर्भिक र तार्किक होलान तर संस्थागत निर्णयहरु विधान अनुरुप हुनेछ्न बाहिर जुन बिचार प्रतिक्रिया आए त्यस्ता कुरामा ध्यान नदिन आग्रह गर्नुभयो । साढे ३ बर्षको अवधिमा धेरै काम गरेको बताउदै अब छिट्टै दोस्रो अधिबेशन गरिने र आउने नयाँ पार्षदले अझ संस्थालाई क्रियाशिल बनाउन विशेष भुमिका खेल्ने बताउनु भएको थियो।
"कार्यक्रमका उपस्थित पार्सद सदस्यहरु लगायतले समयमै अधिबेशन गर्न माग, आगामी कार्यक्रम,योजना हरु तर्जुमा, अधिबेशन कसरी भब्य एवम सभ्य पार्न सकिन्छ, सिङ्गो लुम्बिनी प्रदेशलाई कसरि सवल पार्न सकिन्छ भन्ने लगायतका बिभिन्न बिषयमा जिज्ञासा राख्नुभएको थियो।
कार्यक्रमका सभापति पान्डेले बोल्दै दोस्रो अधिबेशन गर्ने चहाना हुँदाहुँदै पनि यहाँको कानुन अनुसार चल्दा असमर्थ भएको बताउनु भएको थियो। अब छिट्टै साधारण सभाको लागि मिति तोक्ने जानकारी गराउदै , र बाहिर बाट मिलेको राय सुझाव सल्लाहलाई मनन गरेको र आफु, संस्था प्रति उठेको जिज्ञासा र प्रश्नहरुको सम्बोधन गर्नुभएको थियो । साथै कार्यक्रम सफल पार्न उपस्थित सम्पुर्णमा धन्यवाद दिदै विशेष परिषद भेला सम्पन्न भएको बताउनु भयो । कार्यक्रमको सहजीकरण भने संस्थाका महासचिव डिल्लीराम भट्टराईले गर्नुभएको थियो ।
"लुम्बिनी प्रदेशमा १० जिल्ला आबद्ध रहेपनि समन्वय परिषद कतारमा भने हाल ९ जिल्ला बाट १७८ नयाँ परिषद सदस्यहरु आबद्ध भएपनि बाकें जिल्ला बाट भने २०२२ - २०२४ को लागि कुनैपनि परिषद सदस्य नरहेको जनाइएको छ ।