माघ १०, कमल
कृष्ण थेबेको स्मृतिमा परिवारले केर्खा प्रहरी चौकीमा प्रतिक्षालयको लागि रु ४ लाख सहयोग प्रदान गरेको छ ।
केर्खा प्रहरी चौकीमा कृष्ण थेबेको स्मृतिमा प्रतिक्षालय बन्ने भएको छ । पछिलो समय केरखाको प्रहरी चौकीमा सामाजिक दानविरहरुको सहयोग जुटन थालेको छ भने स्थानिय सहयोग जुट्ने वातावरण बन्नसाथ त्यो अवसर लाई चुक्न नदि सामाजिक ब्यक्तित्वहरु त्यस्लाई एकजुट भई आफ्नो स्थानको शान्ती शुरक्षाकै लागि भौतिक पुर्बाधार निर्माणमा सकृय थालेका छन।
यसर्थ: गत विहीबार केर्खा प्रहरी चौकीमा स्वर्गिय कृष्ण बहादुर थेवेको स्मृतिमा उन्का छोरी कंल्पना लिम्बु , तुलसा लिम्बु ज्वाइ र सो परिवारहरुले रु चार लाख चौकिमा दानदिने कुरा स्वर्गीय कृष्ण थेबेका धर्मपत्नी अतिरुप्पा थेबे लिम्बुले बताइन।
केरखा चौकीका इन्चार्ज सहायक निरिक्षक राजेन्द्र श्रेष्ठको अध्यक्षतामा बैठक स्थानीय संघसस्था का प्रतिनिधि, शिक्षक, बुद्धिजीवी , सामाजिक व्यक्ति ,जनप्रतिनिधि , व्यापारी लगायतको उपस्थितमा चौकी कार्यलमा बर्तमान अवस्थामा एकदमै आवश्यकता रहेको उपभोक्ताहरुका लागि प्रतिक्षालय रहेको ठहरगर्दै उक्त निर्माण बारे बृहत् छलफल गरी प्रहरी चौकीको दक्षिण-पश्चिम साईडमा प्रतिक्षालय बनाउने निर्णय भएको छ ।
उक्त प्रतिक्षालयका निर्माणको लागी छत्रहाङ फागोको संयोजकमा ७ सदस्यहरु उपसमिति गठन गरिएको छ । जस अनुसार वीरेन्द्र अधिकारी , मन कुमार थलङ , गौरी चापागाई , शेलिना राई , इन्द्र कार्की , राजेश कु श्रेष्ठ समिति छन भने प्रतिक्षालय निर्माण समितिका प्रमुख सल्लाकार चक्र गुरुङ सल्लाकार सदस्यहरु बदी राई , सूर्य दंगाल, बसन्त राज सुब्बा , अंमल श्रेष्ठ , यद्रपति मल्लिक रहेको छन ।