सिर्जना पौडेल - केही वर्षअघि सुदुरपश्चिम प्रदेशको अछाम जिल्लामा छाउगोठमा बसेकी रोशनी तिरुवाको मृत्युले जन्माएको संस्था छोरिका लागि छोरी संस्था नेपालको शाखा बिस्तार भएको छ।
रौतहटको चन्द्रपुरमा आज एक विशेष भेलाले ७ सदस्यीय पुर्ण समिती चयन गरेको छ।जस्मा अध्यक्ष रुपाकुमारि मुडभरी,उपाध्यक्ष अनिता तिमल्सिना, सचिव ईन्दिरा बिक, सहसचिव सन्जु तिमल्सिना, कोषाध्यक्ष सुनिता तिमल्सिना र सदस्यहरुमा आकृति सापकोटा र निर्मला तिमल्सिना रहनुभएको छ।
त्यसैगरी सल्लाहकारमा केदार प्रसाद तिमल्सिना र राजकुमार तिमल्सिना चयन हुनुभएको छ। छाउपडी लगायतका अन्धविश्वासको विरुद्धमा आवाज उठाउने उद्देश्यले जन्मिएको विशुद्ध सामाजिक संस्था ‘छोरीका लागि छोरी’ संस्था नेपालको बिधानको बारेमा सल्लाहकार केदार प्रसाद तिमल्सिनाले प्रकाश पार्नुभएको थियो भने नवगठित समितिलाई रातो टीका लगाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना र हार्दिक बधाई ज्ञापन राजकुमार तिमल्सिनाले गर्नुभएको थियो।
संस्थाको वर्तमान केन्द्रिय कार्यसमितिमा अध्यक्ष मुना पाण्डे ,केन्द्रिय उपाध्यक्ष सुनिता खड्का,सचिव सुनिता दुवाडी,कोषाध्यक्ष हिमली पोख्रेल रहेका छन् भने सदस्यहरुमा आयुशा रामदाम,रबि भन्डारी,सपना पौडेल रहेका छन्। संस्थाका संरक्षक श्याम थापा,सुधा मरहठठा,गोमा कडेल रहेका छन् भने सल्लाहकारमा सिर्जना पौडेल,गोबिन्द कँडेल, अर्पन पराजुली,हरि के सि ,अस्मिता पान्डे,गजेन्द्र ओस्ति,सुनिता लोहोनी र देविका खतिवडा रहेका छन।भने केन्द्रिय कार्यलय भरतपुर १० दिपेन्द्र चोकमा रहेको छ।