नेपाल मगर संघ, शाखा कतारको आयोजनामा सांस्कृतिक पर्व माघ्या सकराटी (मिनाम सार ल्हेस) ५०१५ मनाइएको छ ।
कतारको शुन्दर ठाउँ " अलदोसरिमा गत शुक्रबारको दिन सयौंको उपस्थितिमा वनभोज तथा विविध सांस्कृतिक कार्यक्रमको साथमा माघ्या सकराटी (मिनाम सार ल्हेस) ५०१५ मनाइएको हो ।
संघका प्रमुख सल्लाहकार विजय मगरको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष विवेक पुलामी मगरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा एनआरएन एनसिसि कतार, विभिन्न वैचारिक संस्था, प्रदेशस्तरीय संस्था, पत्रकार, जिल्ला स्तरीय संस्था, जातीयलगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिको आतिथ्यता रहेको थियो भने विभिन्न वक्ताहरूले शुभकामना मन्तव्यसमेत दिएका थिए ।
औपचारिक रूपमा सुरु गरिएको कार्यक्रमका संयोजक तथा संघका प्रथम उपाध्यक्ष केशव रामा मगरले उपस्थिति हरुलाई स्वागत मन्तव्य बाट स्वागत गरेका थिए । भने माघे सक्रान्तीको महत्वका बारेमा कार्यक्रममा सह संयोजक समीर थापा मगरले प्रकाश पारेका थिए ।कार्यक्रममा कलाकारलगायत विभिन्न व्यक्तिहरूलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।
प्रमुख अतिथि विजय मगरले मन्तव्यको क्रममा प्रबासि भुमि कतारमा रहेर पनि मौलिक चाडबाड "माघे सक्रान्ती" मनाउन पाउदा खुशी लागेको बताए । यो चाड नेपालमा बसोबास गर्ने विभिन्न जात जाती मगर समुदाय बाहेक, थारु, नेवार, लिम्बु, कुमाल, छन्त्याल, दनुवारलगायका समुदायले आ–आफ्नै तरिकाले भव्यरूपमा मनाउने एक राष्ट्रिय पर्व भएको बताउदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा सास्कृतीक मनोरञ्जनका वाजजुट विविध मनोरञ्जनात्मक खेलहरू अन्तर्गत म्युजिकल चेयरको विजयी जिना पुलामी मगर बनिन् भने द्वितीय स्थान रितु मोतेले प्राप्त गरिन् । त्यस्तै लठ्ठो तान्ने खेलमा कुल ११ टिमको सहभागिता रहेको थियो । सहभागी १० टिमलाई हराउँदै दिनेश तामाङ, अजय लिम्बु, किसान मगर, जीवन पुलामी मगर र ज्ञानेन्द्र राईको टिम विजयी भएको छ ।
कार्यक्रममा विभिन्न कलाकारहरूले कौराहा-कान राहा, सालैजो, झ्याउरे, मारुनी दोहोरी लगायतका विभिन्न किसिमका गीतहरूमा आफ्नो प्रस्तुति दिएका थिए ।
कार्यक्रमको समापन गर्दै सभापति पुलामी मगरले बिबिध कठिन समयको बीच पनि अहोरात्र खटी कार्यक्रमलाई सफल पार्ने सम्पुर्ण प्रति धन्यवाद प्रकट गरेका थिए । औपचारिक कार्यक्रमलाई संघका महासचिव नरेश सिन्जाली मगरले र सांस्कृतिक कार्यक्रम तिल विक्रम मगरले सञ्चालन गरेका थिए ।