काठमाडौ - गोकर्णेश्वर नगरपालिका स्थित वडा नं २ को नयाँपाटीमा दलित महिला जनचेतनामूलक कार्यक्रम २०७८ सम्पन्न भएको छ।गोकर्णेश्वर नगरपालिका वडा नं २ को आयोजना तथा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको सहकार्यमा भएको उक्त कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्ण बहादुर पण्डितको सभापतित्व र पुर्व मन्त्री,बागमती प्रदेश सभापति तथा नेता राप्रपाका बिक्रम बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो।
बिशेष अतिथिमा ल कन्सल्ट्यान्ट थापागाउँ नयाँ बानेश्वर,काठमाडौंका अधिवक्ता तथा प्रमुख प्रशिक्षक छन्द प्रसाद आचार्य रहेका थिए भने अतिथिहरुमा नेपाली कांग्रेसका ईकाई सभापती दीपेन्द्र लामा ,गौतम पण्डित,श्याम सुन्दर पण्डित ,दिलिप सुनार,रुक बहादुर श्रेष्ठ,वडा सदस्यहरु लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,बुद्धिजीवी,राजनितिकर्मी,समाजसेवी लगाएतको बाक्लो उपस्थिति रहेको थियो।
अनिल पराजुलीद्वारा सहजीकरण गरिएको कार्यक्रममा संयोजक संस्था सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीका अध्यक्ष दिलमाया तामाङ तामाङले स्वागत मन्तब्य राखेकी थिईन।संयोजक तामाङले कार्यक्रमको औचित्यलाई प्रष्ट पार्दै सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको सहकार्यमा यस्तै थुप्रै कार्यक्रम गर्न सफल रहेको बताईन।त्यसैगरी अध्यक्ष तथा संयोजक तामाङले दलित महिला सचेतना मुलक कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पुर्ण ब्यक्तिवहरुलाई धन्यबाद ब्यक्त गर्दै आगामी दिनमा यहाँहरुको निरन्तर साथ सहयोगको अपेक्षा गरेकी थिईन।
कार्यक्रममा प्रशिक्षण,ल कन्सल्ट्यान्ट थापागाउँ नयाँ बानेश्वर,काठमाडौंका अधिवक्ता तथा प्रमुख प्रशिक्षक छन्द प्रसाद आचार्यले नेपालमा महिला र दलित महिलाहरुको कानूनी अवस्था एक चिनारी साथै कानूनी सचेतना,सामाजिक सचेतना,बर्गिय सचेतना दलित महिला जनचेतनामूलक सम्बन्धी महत्वपूर्ण प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथी तथा राप्रपाका नेता बिक्रम बहादुर थापाले बोल्दै सरकारले सम्पुर्ण नागरिकलाई समान अधिकार दिईएपनी ब्यबहारिक रुपमा अझै पनि विभेद भैईरहेको बताए भने अन्य महिलाहरुको दाजोमा दलित महिलाहरुले नेतृत्व लिन नसकेको परिप्रेक्ष्यमा वडाले दलित महिला सचेतना जस्ता कार्यक्रमको आयोजना गरि महिलाहरुलाई सक्षम बनाउन अहम भुमिका खेलेको बताए।प्रमुख अतिथी थापाले आजको कार्यक्रममा उपस्थिति हुने अवसर प्रदान गर्नुभएकोमा आयोजक टिम तथा सन्ध्या फिल्म्स एन्ड मिडिया प्राली लगाएत सम्पुर्ण उपस्थितलाई धन्यवाद ब्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा सभापति कृष्ण बहादुर पण्डितले तालिमबाट सिकेको कुरालाई अझै निखार्दै ब्यक्तिगत जिवनसंगै समाज र समग्र राष्ट्रको विकासका लागि बोल्न सक्ने क्षमतामयि नेतृत्व लिई काम गर्न सक्षम बनुन भन्ने प्रशिक्षार्थिहरुलाई कामना ब्यक्त गरेका थिए भने धारा ४०. दलितको हक अन्तर्गत (१) राज्यका सवै निकायका दलितहरुलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागि हुने हक हुने, सार्वजनिक सेवा लगाएतका रोजगारीको अन्य क्षेत्रमा दलित समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका लागि कानून बमोजिम विशेष व्यवस्था गरिने समेत रहेको बताए।आजको दलित महिला जनचेतनामूलक कार्यक्रमलाई सभ्य तथा भब्य रुपमा सफल पार्न सहयोग पुर्याउनुहुने सम्पुर्ण उपस्थितहरु र संयोजक संस्था सन्ध्या फिल्म्स एन्ड मिडिया प्राली लगाएत सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।