राजेश प्रसाईं (सिनामे) - अत्यन्तै क्रुर शासक रहेको उत्तर कोरियामा भ्रष्टाचार छैन होला र? भ्रष्टाचारनै नहुने मुलुक सायद यो ब्रह्माण्डमा नहोला तर कति? कुन कुन रुपमा, को कसले भ्रष्टाचार गर्छन्? भन्ने फरक छ विभिन्न मुलुकको ! अल्पबिकसित नेपाल हाम्रो जन्म भुमी सन्सारकै सुन्दर प्रकृतिले सजियेको मुलुक भये पनि अधिकांश लालची र अदुर्दर्शि शासकहरुको कारण श्री ५ महेन्द्रको स्वर्गारोहण पश्चात् करिव ५ दशक देखि समृद्धि उधोगति लागेको प्रष्ट देखिन्छ ! मियो बलियो भैदिये भ्रष्टाचार न्यून पार्न खासै समय नलाग्ने, जनमुखी र भुगोल मुखी बिकास गर्दा मुलुकमा साचैको परिवर्तन गर्न सकिने बताउछन वरिष्ठ ईन्जिनियर श्रेष्ठ !
विश्वको तेश्रो सर्वोच्च शिखर कन्चनजंघा, कुम्भकर्ण, साक्षात भगवती पाथीभरा, अत्यन्तै सुन्दर फुङ्फुङे झरना, तिम्बु पोखरी आदि रहेको हिमाली जिल्ला प्राकृतिक र भौगोलिक विविधताले भरिपुर्ण ताप्लेजुङ्को सिरिजङ्घा गाउँ पालिका वडा नम्बर १ सिनाममा जन्मियेका बहुआयामिक ब्यक्तित्वका धनी ईन्जिनियर, गायक, समाजसेवी, ब्यबसायी अनि सवैले रुचाईएको सफल ब्यक्तित्व बीरेन्द्र श्रेष्ठ धार्मिक, सहिष्णु, सहयोगी रहेको बताउछन प्राय मानिस हरु! उनलाई नजिकबाट चिन्नेले निडर, हक्की तर अत्यन्तै मिजासिलो ब्यक्तित्व रहेकोले केटाकेटी बयोबृद्ध अनि जुनसुकै ओहोदाका मानिसहरुसङ्ग पनि उतिकै मिल्न सक्ने क्षमता रहेको ब्यक्तिहुन बीरेन्द्र भनेर बताउछन!
कलेज जीवन देखि काठमाडौं र ईन्जिनियरिङ उच्च अध्यन युरोपको बिश्वबिद्धालय मा सम्पन्न गरि २६ बर्ष जागिरे जीवन बिताईसकेको बताउछन ई. बीरेन्द्र श्रेष्ठ ! नेपाल बिध्युत प्राधिकरणमा सातौ तहको जागिर बाट आफ्नो करियर सुरु गरेका ई. बीरेन्द्रले नेशनल हाइड्रोपावर कम्पनी मा नायव महा प्रबन्धक हुँदै विश्व बैंकले लगानी गरेको कावेली ए जलविद्युत आयोजनामा आयोजना प्रमुख भै आफ्नै लगानिमा हाडिखोला साना जलविद्युत आयोजना र ताप्लेजुङमा निर्माणाधीन फावाखोला जलविद्युत आयोजना ५.८ मेगावाटमा आयोजना प्रमुखको भुमिकामा कार्यरत रहेका छन!
अन्याय,अत्याचार र भ्रष्टाचार को बिरोधी स्वभावका बीरेन्द्र राजनीति अरुले सच्याउला अनि मुलुक बिकाश होला भनेर पनि खासै बिश्वास लाग्न छोडेकोले आफैले कहि सानो तिनो उदाहरणीय काम गरेर मुलुकमा सानै भयेपनि एउटा् राम्रो नजिर स्थापना गर्न सके सवैले बाध्य भयेर उक्त सिको सिकेर मुलुक बिकास हुने बाटोमा उन्मुख हुनेमा बिश्वास गर्छन!
कृषिमा सर्वसाधारणको पहुच हुने र न्यून आय भयेका अधिकांश परिवारहरुको जिवनस्तर उकास्न कृषिले ठूलो भुमिका निर्वाह गर्न सक्ने भयेकै कारण यहि बर्षको सुरुवात बाट फुङलिङ नगरपालिका को फुरुम्बुमा किवि खेती, बृक्षा रोपण, चिया खेती गरि एग्रो टुरिज्म को बिकाश, सिरिजङ्गा गाउँ पालिकाको सिनाममा एभोकार्डो र लामपाते खेती, पाथीभरा याङ्वरक गाउँ पालिकाको चाक्सिबोटेमा बिरासत एग्रो प्रा. लि. मार्फत बिधिवत रुपमै ब्यबसायिक बृक्षारोपण, कागती खेती, बाख्रा पालन, बङ्गुर पालन, किवि खेती गरिरहेको बताउछन!
भ्रष्टाचारको दलदलमा फसेको नेपाललाई यो किचड बाट झिक्न अब युवाहरुले नेपालको राजनीतिमा विशेष ध्यान दिनु पर्ने, आफ्नो पहुच भित्रको काम निष्ठा पुर्वक सम्हाले त्यस्ले समाजमा मात्र नभै मुलुकमै सकारात्मक नजिर बस्ने र चाडै मुलुक समृद्धिको बाटोमा लाग्ने बताउछन ई. बीरेन्द्र !समाजमा भै रहेका घटना र बेथितिहरुको मुकदर्शक हुनु वा सो को निन्दा मात्र गरेर बस्नु भन्दा कथाले मागे सकृय राजनीतिमा आई आफ्नो जन्म गाउँ र सम्बद्ध युवाहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउन लागि पर्न सक्ने र सो को लागि आफू सङ्ग समयानुकुल उपयुक्त र विशेष योजना समेत रहेको बताउछन ई. बीरेन्द्र! लोभ लालच रहित शैक्षिक र उचित कार्यानुभव सहितको समयानुकूल प्रतिवद्ध स्वभावका अधिकांश नेताहरु नभयेको कारण मुलुकले गति लिन नसकेको बताउछन! कुशल ब्यबस्थापकिय क्षमता नभयेको ब्यक्ती कुनै पनि ठाउको कुशल कार्यकारी नेतृत्वकर्ता बन्न नसक्ने बताउछन नत्र गफ कडा काम शुन्य हुने अवस्थामा पुग्छ !
म आफू स्वयं पढेको बिध्यालयहरु सिनाम उच्च माबिको अवस्था हेरौ, एउटा् सस्था बन्न धेरै ब्यक्ती र समुहको योगदान हुनेगर्दछ तर मियो? निर्बिकल्प प्राचार्य महेन्द्र गौतम अर्को भानु उच्च माविको मुल्यांकन गरौ, किशोर राई, उहाँ हरु जस्तो ब्यक्ती बिध्यालयले पाउनु अनि जिल्लाले पाउनु गौरव को बिषय हो जस्ले बिध्यालयको शैक्षिक स्तर र भौतिक पुर्वाधारको सुधार गरेको प्रष्ट देखिन्छ! सामान्यतय राजनीतिक सोच र बिचार नमिल्नासाथ राम्रो मानिसलाइ किनारा लगाउने चलनले मुलुकको हविगत भै सकेकोले राम्रो लाई राम्रो र नराम्रो जो कोहि भयेनी नराम्रो भन्ने साहस हुन जरुरी भै सकेको बताउछन!
भगवान श्री रामको पनि तुष देखाउने हाम्रो समाजमा कोहि ब्यक्ती सबैको आँखा मा असल हुनु निकै कठिन होला तर मुख्य मुद्दा अविचलित रहेर नतिजा तर्फ उन्मुख रहेको कार्यकारिको तारिफ गर्नै पर्छ ! समाजमा स्थानीय सरकारको न्यायिक पक्ष, जनता प्रतिको दायित्व लाई समेट्न खोजेको गाउपालिका सिरिजङ्गा र सम्बद्ध अधिकारी हरुले अहोरात्र खटियेर काम भयेको देखेको बताउछन !
अहिले सम्मको परिपाटी हेर्दा, भ्रष्टाचार जम्मा दुइटा केशले मात्र नभयेको वा नगरेको देखिन्छ:
१. भ्रष्टाचार गर्ने मौका नै नपाएर
२. प्रभावित गर्न सक्ने धन राशी नपाएर
आफ्नो परिवारको धनको लालच, समाजको संरचना (धनी र गरिवलाई समाजले गर्ने मुल्यांकन), चुनावी ट्रेण्ड (अधिक खर्च) आदिले समेत केही नेताहरु स्खलित बन्न पुगेको बताउछन ई. बीरेन्द्र! जीवन मा अत्यन्तै निष्ठावान मानिसहरु पनि देखेको बताउछन ई. बीरेन्द्र!
पुर्व सोभियत संघमा आफ्नो उच्च शिक्षा हासिल गरेका बीरेन्द्र, सच्चा कम्युनिस्ट हरु प्रती अत्यन्तै श्रद्धा लाग्ने बताउँछन् तर दुर्भाग्यवश नेपालमा आफुले साम्यवादी व्यबहार भयेको एकैजना नेता कार्यकर्ता नभेटेको समेत दुखेसो गर्छन!
हरेक बिहान ब्रह्म मुहुर्त सुरु हुनासाथ बिउझिने ई. बीरेन्द्र, चलन र भगवान प्रती पुर्ण आस्था राखे पनि ढुंगाको पुजा भन्दा मनको पुजामा बढी बिश्वास गर्ने बताउछन!
हक्की, निडर र झुट मन नपराउने स्वभावका ई. बीरेन्द्र बढिनै अरुलाई बिश्वास गर्ने बानी भयेकोले धेरै ठाउँ आफू ठगिएको समेत बताउछन!
घर हाम्रो लेकैमा, जाली रुमाल, पिरिमको बाढी, तिम्रो मन सङ्ग जस्ता २ दर्जन भन्दा बढी सोलो र ड्युएट गीत गायिसकेका ई. बीरेन्द्रले बेष्ट लोक पप गायकको अवार्ड समेत हात पारी सकेका छन! आफ्नो सङ्गीत प्रतिको भोक मेट्ने क्रममा अत्यन्तै चलेका सङ्गीतकार हरु टीका भण्डारी, शम्भु राई, दिपक शर्मा, अर्जुन पोखरेल, राहुल प्रधान, श्याम लिम्बू, शंखर थापा, रमेश श्रेष्ठ, उदेश श्रेष्ठ, महेश ज्ञवाली, प्रकाश लेप्चा, दिपकराज बिश्वकर्मा, भिम बिष्ट, ध्रुब बिस्को लगायतको सङ्गीतमा गीत गायिसकेको साथै अन्जु पन्त, मेलिना राई, मिना निरौला, टीका प्रसाईं, दिपा लामा (राई) एलिना चौहान, रचना रिमाल, समिक्षा अधिकारी, अपेक्षा गिरि, योजना पुरि, देशु सुहाङ, अनु ढकाल, बिनि श्रेष्ठ सङ्ग गीत गायिसकेको बताउछन, सागर केरुङ्को शब्द, बुद्ध ईवाको सङ्गीत, नरेन्द्र बियोगी को एरेन्जमा लिम्बू भाषाको फिल्मको लागि निर्माण गरिएको अत्यन्तै सुन्दर गीत ई. बीरेन्द्र र गङ्गा फियाकले गायेको बताउछन फिदिमका युवा ब्यबसायी तथा कार्यक्रम संचालक मिलन बिश्वकर्मा!
नेपाली व्यावसायिक सिनेमाको लागि समेत बिन्दु परियार र ई. बीरेन्द्र श्रेष्ठले पार्श्व गायन गरिसक्नु भयेको बताउनु हुन्छ पायल फिल्मका निर्देशक दिनेश लिङ्देन ! सङ्गीतकै प्यास मेट्ने क्रममा भेट भयेका वरिष्ठ गीतकार अम्बिका गुरुङ, फोनिज ताप्लेजुङ्का अध्यक्ष तथा मोडल दिनेश लिङ्खिम, नवीन लाम्गादे, पेम्बा शेर्पा, हर्कराज गुरुङ , मिलन बिश्वकर्मा, सुरज प्रधान, प्राराज पौडेल, जग्गु कार्कि आदि र आफ्नो परिवारको साथले यो यात्रा सदैव अविष्मरणिय हुने र यति सम्मको सफल भयेको बताउछन! ईन्जिनियर, गायक, हाइड्रो ब्यबसायी, समाजसेवी, कृषक आदि बिबिध बिधामा उहाको लगन र लगानिले उच्च प्रतिफल पाओस, हाम्रो यहि कामना छ!