मुग्लानी खबर डटकम
बिरेन्द्र याख्थुम्बा (सुबाश)
बौदिक बिकाश एवम सौन्दर्य, पहिचान र सस्कृति भन्ने मुल नाराका साथ चौथो बराह ज्वेल्लरी मिस लिम्बु २०७३ भोली दिनको ठीक: दुई बजेबाट राजधानी काठमाडौंको राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुन गैरहेको छ ।
याक्थुङ युथ एसोसिएसनले आयोजना गर्दैगरेको मिस लिम्बू इन्टरनेशनल चौथो संस्करणको फाईनल प्रतियोगितामा जाममा २२ जना प्रतियोगीहरु कडा रुपमा प्रतिस्पर्दामा उत्रदै छन । क्रमश: सुक्मीता केरुङ, मोति कन्दङवा, अस्मिता खापुङ, सोना लिम्बू, ज्योति थोप्रा, सानु नेम्बाङ, भावना सावा, रोश्ना नेम्बाङ, पवित्रा तुम्सा र आशिका खापुङ, सेयरा आन्खेवा, अञ्जिता नेम्बाङ, लक्ष्मी मेन्याङ्बो, निशा हुक्पा चोङ्बाङ, सजिता तुम्सा, सरुहाङ्मा सम्बाहाङ्फे, आशिका आङ्बुहाङ, नम्रता लाबुङ, जुनु पोमो, सलुना वनेम, भुमिका माङ्देन, शोभा फेम्बु, सुष्मा चेम्जोङ, सलिना हुक्पा चोङ्बाङ, श्रेया थेगिम, विना सामेखाम र निशी मेन्याङ्बो आदी रहेका छन् ।
मिस लिम्बु इन्टरनेशनल मा प्रथम विजेता हुनेलाई ताजसहित नगद रु,५० हजार र एक लाख बराबरको गिफ्ट ह्याम्पर पाउने छन् । फस्ट रनर-अपलाई ताजसहित नगद रु, २५ हजार र ५० हजार बराबरको गिफ्ट ह्याम्पर र सेकेण्ड रनर-अपलाई रु, १५ हजार नगदसहित ३० हजार बराबरको गिफ्ट ह्याम्पर पाउने छन ।
जस्लाई मुख्य प्रायोजक तेह्रथुम ढाका कलेक्शन र सह प्रायोजक सिंगापुरे इन्टरर्प्राइजेस् गरेका छन्। भने जयन सुब्बा मानन्धरले कोर्योग्रफ गरेकी छिन । फाइनल लाईफ सो का लागी नेपाल टेलिभिजनले भोली असोज १२ गते बिहीबार दिनको ठिक ३:०० बजे देखि साझ ६:०० बजे सम्म प्रत्यक्ष प्रशारण गर्ने छ ।