काठमाडौं - गोकर्णेश्वर नगरपालिका वडा न. १ अन्तर्गत ओख्रेनी माबी सुन्दरीजलमा महिला तथा युवाहरुलाई मध्ये नजर गर्दै आयोजना गरिएको उद्घोषण तालिम समापन भएको छ।
गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धरको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यता, प्रमुख सल्लाहकार दिपक रिसालको बिशेष आतिथ्यता लगाएत वडाका वडा सदस्यहरु, शिक्षक,जनप्रतिनिधि बुद्धिजीवी पत्रकार स्थानिय दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थितिमा कार्यक्रम समापन गरिएको हो।
गोकर्णेश्वर वडा न १ को आयोजना तथा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको सहकार्यमा आयोजित दुई दिने उद्घोषण तालिममा करिब ७० जना प्रशिक्षार्थिले भाग लिएका थिए।विभिन्न ज्ञानवर्धक शिक्षा ,स्वास्थ्य सचेतना लगायतका सक्षम नेतृत्व, समाज तथा बिकसित राष्ट्रको निर्माण गर्ने उदेश्य अनुरुप संचालित दुई दिने तालिम सम्पुर्णको साथ सहयोग तथा मुख्य प्रशिक्षक नवराज खुयालको निरन्तर दुई दिनसम्मको उत्साहपुर्ण प्रशिक्षण तथा सहभागीहरुको कार्यक्रम प्रतिको लगाव र झुकावले साच्चिकै वडा र सन्ध्या फिल्मस एन्ड मिडिया प्रालीको लक्ष्य र उदेश्य अनुरुप सफलतापुर्बक समापन भएको हो।
केशब गौतमद्वारा संचालित कार्यक्रममा ओख्रेनी माबी सुन्दरीजलका प्राध्यापक देवराज भट्टराईले विभिन्न उदाहरण दिदै पढ्नु भन्दा सम्झिनु महत्वपूर्ण रहेको बताएका थिए।उनले यस्ता विभिन्न तालिमहरु भएतापनी आवस्यक समयमा क्षमता देखाउन नसकेको थुप्रै अनुभव आफुसंग रहेको बताए। आज सिकेको कुरालाई आगामी दिनमा अभ्यास गरि आफ्नो क्षमता अभिबृद्धी गरि आवस्यक समयमा अभिव्यक्त गर्न सक्ने र सफल बन्न प्रशिक्षार्थीहरुलाई आग्रह गरेका थिए भने यस्तै ज्ञानवर्धक कार्यक्रम आयोजना निरन्तर रहुन भन्दै आयोजक संस्थालाई धन्यवाद ब्यक्त गरेका थिए।
दुईदिने उद्घोषण तालिमलाई सफल बनाउन सहयोग पुर्याउनु भएकोमा वडा अध्यक्ष राम मानन्धर,नगर प्रमुख सन्तोष चालिसे , गोकर्णेश्वर नगर प्रमुख सल्लाहकार दिपक रिसाल, ओख्रेनी माविका प्राध्यापक देवराज भट्टराई , वडा सदस्यहरु,वडा सचीवहरु,विभिन्न संघ संस्थाबाट उपस्थित अतिथिहरु प्रशिक्षार्थिहरु लगायत सम्पुर्णलाई सन्ध्या फिल्म्स एन्ड मिडिया प्राकीका अध्यक्ष तथा संयोजक दिलमाया तामाङले धन्यबाद ब्यक्त गरेकी छिन।दोश्रो दिनको समापन कार्यक्रममा विशेष गरि प्रशिक्षार्थीहरु बाटै गरिएको थियो।कार्यक्रमको अन्त्यमा प्रशिक्षार्थिहरुलाई कार्यक्रमका सभापती राम मानन्धरद्वारा प्रमाणपत्र बितरण गरिएको थियो भने कार्यक्रमका बिशिस्ट ब्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सभापती राम मानन्धरले तालिमबाट सिकेको कुरालाई अझै निखार्दै ब्यक्तिगत जिवन संगै समाज र समग्र राष्ट्रको विकासका लागि बोल्न सक्ने क्षमतामयि नेतृत्व लिई काम गर्न सक्षम बनुन भन्ने प्रशिक्षार्थिहरुलाई शुभकामना ब्यक्त गरेका थिए भने र यो दुई दिने तालिम समारोहलाई सभ्य तथा भब्य रुपमा सफल पार्न सहयोग पुर्याउनुहुने सम्पुर्ण उपस्थितहरु र संयोजक संस्था सन्ध्या फिल्म्स एन्ड मिडिया प्राली लगाएत सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।