केर्खा / बसन्त राज सुब्बा - केर्खा प्रहरी चौकी पुनः निर्मित कार्यलय भवन उद्घाटन समारोह सम्पन्न भएको छ ।
प्रदेश १ को झापा स्थित कमल गाउँपालिका केर्खा प्रहरी चौकी पुनः निर्मित कार्यलय भवन निर्माण समितिका अध्यक्ष प्रवीन राईको सभापतित्वमा झापा जिल्ला प्रमुख प्रहरी उप निरीक्षक एस. पि सानुराम भट्टाराईको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सु सम्पन भएको छ ।
पुन:निर्मित अफिस भवनको उद्घाटन प्रमुख अतिथिको हातबाट रिवन काट्दै सहयोगी दाताहरुको "स्तम्भ " शिलालेखको पर्दा खोली समारोह उद्घाटन गरीएको थियो । प्रहरी चौकी भवन पुन: निर्माण सहयोग दाता स्व. जोगिंद्र ठाकुर, स्व. कृष्ण चेंम्जोङ र सन्वर ठाकुर सपरिवारले स्मृतिमा भवन निर्माणको लागि सहयोग ४ लाख ११ हजार १ सय अघार रूपैया भवन निर्माणको लागि सहयोग गरीएको थियो । शोकाकुल परिवारलाई उच्च सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि एस.पि सानू राम भट्टाराई विशिष्ट अतिथि कमल गाउँपालिका प्रमुख मेनूका काफ्लेको हस्त बाहुलीबाट सम्मान पत्र प्रदान गरिएको थियो ।
भवन निर्माण कार्यसमिति अध्यक्ष प्रवीन राई , सचिब प्रहरी चौकीका इंचार्ज राजेश श्रेष्ठ कोषाध्यक्ष गौरा चापागाई , सदस्यहरु बदी राई , प्रकाश आङ्वो , रुन्द्र कार्की , मल्लिक यदुपतिलाई प्रमुख अतिथिको हातबाट सम्मान पत्र वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रहरी उपनिरीक्षक सानुराम भट्टाराईले सम्बोधन गर्दै प्रहरी चौकी पुनः निर्माण जस्ता सकारात्मक कदमको उच्च प्रसंशा गर्दै आयोजक सहयोगी दाता र केर्खा प्रहरी चौकीलाई धन्यवाद स्वरूप बधाई दिएका थिए ! नागरिकहरुको सुरक्षा सम्बन्धि विविध पाटोंहरुमा प्रहरीको जिम्मेवारी र भूमिका बारे महत्वपूर्ण आफ्नो भनाई राख्दै नेपाल प्रहरीले जनताको सुरक्षा गर्न दत्तचित्त भएर लागि रहेको र लागि रहने बताए ! जनताको समस्यामा जनता सँगै सहकार्य गरेर विभिन्न अपराध तथा घटनाहरुमा जनताको लागि सहयोगीको रुपमा निरन्तर रहने प्रतिबद्धता जनाएका थिए ।
गाउँपालिका प्रमुख मेनुका काफ्लेले केर्खा प्रहरी चौकीको निर्माण कार्य देखि आज सम्म आईपुग्दा उपलब्धिहरुलाई मध्यनजर गर्दै सुरुवात देखि आज सम्मको भूमिका निभाउनेहरुको स्मरण गराउदै केर्खा प्रहरी चौकीका इंनचार्ज राजेश श्रेष्ठ आफ्नो कार्यकालमा महत्वपूर्ण भूमिका निभाईं पुनः निर्माण भवन बनेकोमा धन्यवाद व्यक्त गर्दै आफु पनि प्रहरी चौकीको आवश्यक निर्माण कार्यमा जोड़ दिई रहेको बताएका थिईन । मन्तव्यका क्रममा झापा जिल्ला प्याब्सन अध्यक्ष तथा लालीमा बोडिङ् स्कूलका फाउण्डर गौरीमान फागों , कमल वडा न. ३ का वडा अध्यक्ष नर प्रसाद दंगालले केर्खा प्रहरी चौकी निर्माण र इतिहास बारे केंद्रीत् भएर आफ्नो भनाई राखेको थिए ।
उक्त कार्यक्रममा भौतिक निर्माण क्षेत्रमा विशेष सहयोग पुराउनेहरुलाई पनि केर्खा प्रहरी चौकीले अन्य स्थानीय दाताहरुलाई धन्यवाद दिएका छन् ।
त्यस्तै अतिथिहरुमा आदिबासी महासंघ कमलका अध्यक्ष छत्रहाङ फागों , भु पु सैनिक कमलका अध्यक्ष बल नाथ नाल्बो, वाणिज्य संघ कमलका अध्यक्ष उमा नाथ भण्डारी , सामाजिक व्यक्तित्व वीरेन्द्र कुमार याक्थुंबा ,लक्षुमण बोहोरा, एपीलाल लिम्बु , सुर्य प्रसाद याक्पादेन , शान्ता दाहाल, सेलिना राई लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा स्वागत मंतव्य नेपाल प्रहरी नायव निरीक्षक ड़ी. एस पि नवराज कार्कीले गरेका थिए, कार्यक्रमको संचालन फोनीक्स बोर्डिंङ स्कूलका फाउण्डर बद्री राईले गरेका थिए ।