काठमाण्डौ- गोकर्णेश्वर नगरपालिका स्थित वडा नं ९ को आरुबारीमा सडक दुर्घटना एवं ट्राफिक सचतना कार्यक्रम हुने भएको छ।
दिनहु जसो बढ्दै गरेको सवारी तथा सडक दुर्घटनाहरु, दुर्घटना हुनुका कारण र न्यूनीकरण,सडक दुर्घटना न्यूनीकरणमा सवारी चालक,पैदल यात्रीको भुमिका,ट्राफिक नियम र पालना, ओभर स्पिड,सर्ट्कट लगाएतका विविध बिषयमा साक्षर बनाई दुर्घटना हुन बाट बच्न अनि बचाउन दुर्घटना न्यूनीकरण तथ ट्राफिक सचेतना कार्यक्रम गर्न थालिएको हो।
गोकर्णेश्वर नगरपालिका वडा नं ९ को आयोजना तथा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको सहकार्यमा हुने उक्त साक्षरता कार्यक्रम यहि आउदो पौष २४ गते बिहानको ठिक एघार बजे वडा नं ९ को आरुबारीमा हुनेछ।
कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं ९का वडा अध्यक्ष राजीव थापाको सभापतित्व तथा बागमती प्रदेशका माननीय सांसद छिरिङ दोर्जे लामाको प्रमुख आतिथ्यता,गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे,मनास्लु कलेजका अध्यक्ष गेंद्र लामा लगाएतको विशेष आतिथ्यतामा हुनेछ!त्यसैगरी महानगरीय प्रहरी बृत्त बौद्धका वरिष्ठ ब्यक्तित्वहरु,महानगरीय ट्राफिक प्रहरी महाशाखाका ब्यक्तित्वहरु लगाएत स्थानिय दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थितिमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ ब्यक्तित्वबाट बिशेष प्रस्तुति रहने छ!
कार्यक्रममा राजनितीक दलका ब्यक्तित्वहरु,जनप्रतिनिधिहरु,विभिन्न संघ संस्थाका पदाधिकारीहरु, कर्मचारी, बिधार्थीहरु विभिन्न तह र तप्कामा कार्यरत बुद्धिजीवीहरु, कार्यक्रमका संयोजक तथा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीका अध्यक्ष दिलमाया तामाङले मुग्लानी खबरलाई जानकारी दिएकी छिन।