दोहा / प्रवासी नेपाली मञ्च कतारको (१७ औं) स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान,बनभोज तथा संगठन प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
कतारमा रहेका विभिन्न नेपाली सङ्गठन मध्ये अग्रपङ्तीमा रहेको "प्रवासी नेपाली मञ्च कतारले" एक औपचारिक कार्यक्रमको आयोजना गरि १७ औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान,बनभोज तथा संगठन प्रवेश कार्यक्रम सम्पन्न गरेको हो ।
मञ्च कतारका अध्यक्ष चानख पोख्रेलको सभापतित्वमा साथै संस्थापक अध्यक्ष कमलमणि गुरागाइँको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । विधिवत रुपमा उट्घाटन गरि शुरु गरिएको औपचारिक कार्यक्रममा
राष्ट्रिय गान तथा सम्पुर्ण सहिदहरु प्रति १ मिनेट मौन धारण गर्दै सुरु गरिएको थियो भने, कार्यक्रममा उपस्थिति सम्पुर्णलाई उपाध्यक्ष चानिलाल राजबंशीले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा मञ्चमा प्रवेश गर्ने हरुमा : द्रोण सागर बास्तोला -कास्की, अमृत सुनार - कास्की, दिपक खनाल : रुपन्देही सैनामैना,बोम बहादुर खड्का, गुल्मी मालिकाका रहेका छ्न ।
त्येसैगरि मञ्चले संस्थापक अध्यक्ष कमलमणि गुराँगाईलाई संस्थालाई पुर्याएको योगदानको उच्च कदर गर्दै दोसल्ला ओढाएर अभिनन्दन गरेको थियो ।
कार्यक्रममा शुभकामना :
संस्थापक अध्यक्ष जिफन्ट नेपाल : बिश्वराज नेपालले आफ्नो शुभकामना मन्तव्य राख्दै कोभिड (covid 19 ) को बावजुद सङ्गठनले आज दोहा देखि निकै टाढा आएर १७ औं दिवस मनाइ रहदा खुशी लागेको बताउनु भयो । साथै सन :२०११ मा कतारमा रहेका नेपाली श्रमिक हरुको हकहितका लागि (नेपाली प्रवासी श्रमिक सहयोग समूह) GSG स्थापना गरिएको भन्दै आगामी दिनमा पनि कतारमा रहेका नेपाली श्रमिक हरुको साथमा रहदै निरन्तर लडिरहने बताउनु भयो ।
मञ्च कतार : पुर्व सचिव हरि बस्नेत
१७ बर्ष पहिला आज अर्थात डिसेम्बर ३१ तारिकका दिन संस्था स्थापना गरिएको र सङ्गठनले आज सम्म विभिन्न सामाजिक तथा बैचारिक महत्त्वपूर्ण भुमिका खेलीरहेको बताउनुभयो । यस अबधिमा सङ्गठनले समस्यामा परेका हजारौं नेपालीहरुलाई सहयोग गरेको साथै देशको समृद्धि शान्ती,सद्भावको लागि मञ्चले उल्लेखनीय भुमिका निर्बाह गरेको बताउदै बस्नेतले मञ्चको इतिहास कमजोर नभएको तर्क गर्नुभयो ।
मञ्च पुर्ब उपाध्यक्ष -गणेश सिवा : मञ्च स्थापना दिवसको अवसरमा शुभकामना दिदै १७ बर्ष सम्म पनि प्रवासी नेपाली मञ्च कतारमा आबद्ध साथीहरुको लगाव, उत्सव
आकर्षक उस्तै रहेको बताउनु भयो । देशमा एमालेको सङ्गठन नै चुस्त दुरुस्त,लोकप्रिय रहेको कारण नै आज प्रवासमा रहेका मञ्च हरु सबैभन्दा सकृय रहेको बताउनु भयो । केहि ब्याक्ती र पार्टीहरुको जालझेलको कारण आज एमालेको लोकप्रिय सरकार हट्नुपरेको बताउदै,देश बिकास र समृद्धि ल्याउन आउने निर्बाचनमा एमाले लाई राज्य सत्तामा फर्काउनै पर्ने जरुरत रहेको सिवाले बताउनु भयो । र त्यस्को लागि अहिले देखीनै सबै नेता कार्यकर्ता गृहकार्यमा लाग्नु पर्नेमा जोड दिनुभयो।
प्रमुख अतिथि :
मञ्च संस्थापक अध्यक्ष : कमणमणि गुरागाईं
मञ्च स्थापना गर्नुको औचित्यलाई पुष्टि गर्दै रोजगारीको सिलसिलामा आफू बिक्रम सम्बत २०५८ मा कतार आएको र उक्त समयमा नेपाली संघ-सङ्गठन बिरलै थिए ।
बैचारिक संस्था स्थापना गर्नुपर्छ भन्ने मनसाय लिएर सो समयमा "प्रवासी नेपाली मञ्च कतार" स्थापना गरिएको बताउनु भयो । त्यो समयमा कतारमा रहेका लोकतन्त्रका पक्षधरको एउटा मात्र संस्था जन्मिएको गुरागाइँले बताउनु भयो।
पुर्व राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएको समयमा संस्था स्थापना गरेको हुनाले पनि सबैजनाको एउटै मञ्च रहेको तर्क गर्दै पछि बिस्तारै केही प्रजातान्त्रिक साथीहरु अलग भएपछि सुद्द एमाले निकट प्रवासी नेपाली मञ्च कतार भएको प्रष्ट पार्नुभयो ।
साथै मञ्चका पछिल्लो समय सामाजिक संघसंस्थामा उपस्थिति राम्रो रहेको बताउदै प्रमुख अतिथि गुराँगाइले आगामी दिनमा यो भन्दापनी उत्कृष्ट बनाउन त्यसतर्फ ध्यान पुर्याउन आग्रह गर्दै कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो ।
मञ्च अध्यक्ष तथा कार्यक्रम सभापती चानख पोखरेल :
नेकपा एमालेको दसौं महाधिवेशन भब्यताका साथ सम्पन्न गरेका छौं । उक्त अधिबेशनबाट नयाँ जोश जागर सहित
पार्टीमा सङ्गठानात्मक रुपले अगाडि बढीरहेको छ । देश भरी तथा बिदेशमा समेत पार्टी प्रवेश कार्यक्रम चलेको छ । देश (एमाले) मय भएको छ । साथै पार्टीको मुख्य नारा उदेश्य "सुखी नेपाली, समृद्ध नेपाल " बनाउनु नै रहेको पोखरेलले बताउनु भयो ।
"अहिले बिस्वका ४० देशमा" प्रवासी नेपाली मञ्च स्थापना गरिएको छ तर कतारको (मञ्च ) अरु देशको तुलनामा लोकप्रिय र सङ्गठानात्मक हिसाबले धेरै अगाडी रहेको बताउनु भयो ।
संस्था स्थापना दिवसको अवसरमा केही पुर्व साथिहरु पुर्व अध्यक्ष "रामहरि गैरे" लगायतलाई आफुले सम्झिएको बताउनु भयो । तर संगठनबाट छुट्टीएर गएपनि मन्चको लोगो , फेसबुकमा एउटै नाम रहेको प्रती कटाक्ष गर्दै त्येतिधेरै माया भए घर फर्किन आग्रह गर्नभयो । उहाँहरुले गरेको योगदानलाई कदर गर्दै जिम्मेवारी दिने बताउनु भयो । बिश्वमा रहेका सबै मञ्चले अधिबेशन गर्नुपर्ने हुँदा बिधान प्रक्रिया पुरागरेपछि अधिबेशनको मिति तोकिने बताउदै छिट्टै प्रवासी नेपाली मञ्च कतारको अधिबेशन गर्ने कुरामा जोड दिदै १७ औं स्थापना दिवस भब्य एवम सभ्य भएको बताउदै कार्यक्रम समापन भएको जानाकारी गराउनु भयो ।
कार्यक्रममा सङ्गठन बिभाग प्रमुख चन्द्र बि.क,पुर्व एनआरएनए कतार अध्यक्ष तथा सङ्गठन बिभाग सचिव बिनेष तामाङ,सचिवालय सदस्य हंशराज क्षेत्री लगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण भने मञ्चका महासचिव प्रभात त्रिपाठीले गर्नुभएको थियो ।
संचालनका क्रममा महासचिव त्रिपाठीले यो बाक्लो उपस्थिति सहितको ब्यबस्थापनका लागि मञ्चमा आवद्ध जिम्मेवार साथिहरुलाई पटक पटक धन्यवाद ब्यक्त गर्नुभएको थियो साथै अंग्रेजी नयाँ बर्ष २०२२को सम्बन्धित सबैलाई शुभकामना प्रकट गर्नुभएको थियो ।