दोहा / कतारमा रहेका तमु (गुरुङ) हरूले ल्होसार पर्व (नयाँ वर्ग) संयुक्त रूपमा मनाउने भएका छन् । तमु (गुरुङ) समाज, कतार र तमु प्ये ल्हु संघ कतारको संयुक्त आयोजनामा राष्ट्रिय महान पर्व "तमु ल्होसार पर्व मनाउन भएका हुन ।
विगतमा ल्होसार पर्व छुट्टाछुट्टै मनाउने गरे पनि यसपालि भने संयुक्त रूपमा आयोजना गरी मनाउने तयारी भएको समाजका अध्यक्ष खुसीमान गुरुङले जानकारी दिए ।
कोरोना महामारीको त्रास कायमै भए पनि नियम पालना गर्नुपर्ने भएका कारण गएका वर्षझैँ भव्य रूपमा भने कार्यक्रम नहुने उनले बताए ।
अध्यक्ष गुरुङका अनुसार विगतका ल्होसारमा नेपालबाट कलाकार ल्याएर कार्यक्रम गरिएको भएपनि योपटक कतारमै रहने कलाकारको प्रस्तुती रहनेछ ।
३१ डिसेम्बर शुक्रबार अलदोसरी पार्क सहनियामा हुने कार्यक्रमका आकर्षकहरु:
१. एक ल्हो लाई बिदाइ गरि अर्को ल्हो लाई स्वागत गर्दै खेगी चिबबाट रुप (पैरु) लगाइ एक आपसमा सुभकामना आदनप्रदान गर्ने ।
२. तमु संस्कृती झल्किने बिबिध सांस्कृतिक प्रस्तुती ।
३. छेलो प्रतियोगिता गरि बर्ष भरिको तमु म्रु (राजा) छान्ने ।
४. सामुहिक स्यों कै (बनभोज) कार्यक्रम ।
५. विविध लगायत रहेन ल्होसार कार्यक्रम संयोजक चन्द्र ल्हेगे गुरुङले जानकारी गराए