दोहा - नेपाल प्रवासी तामाङ समाज कतारको नवौँ अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ!
तामाङ भाषा लिपी,धर्म,कला,संस्कार,सस्कृति,हाम्रो पहिचान,समावेशी एकता र समृद्ध समाज निर्माणको लागी तामाङ समाज कतारको नवौं अधिबेशन -२०२१ भन्ने नाराका साथ समाजको अधिबेशन सम्पन्न भएको छ ।
'तामाङ जातिको परिबर्तन आर्थिक तथा शैक्षिक सुदृढिकरण' भन्ने मन्त्र सहित सन : २००५ मा स्थापना भएको समाज कतारको २४ डिसेम्बर २०२१ शुक्रबार दिन दोहा नज्मा स्थित सालिमार होटेलको सभाहलमा संस्थाका अध्यक्ष धिरेन तामाङको सभापतित्वमा प्रमुख अतिथि नेपाल प्रवासी आदिबासी जनजाती महासङ्घ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवार रहेका थिए ।
कार्यक्रममा मातृ सस्थाका प्रतिनिधिहरु, लामा गुरु ,सामाजिक, बैचारिक, साथै जिल्लागत संघसस्था लगायत पत्रकारहरुको बाक्लो उपस्थितिमा भएको अधिबेशनबाट शुबास तामाङको अध्यक्षतामा निम्नानुसारको नव निर्बाचित कार्यसमिति चयन भएको छ जस अनुसार प्रथम उपाध्यक्ष: सन्जय डिम्दुङ तामाङ, द्वि. उपाध्यक्ष : अस्मिता तामाङ,महासचिव: आले लामा,सचिव : श्री पाख्रिन तामाङ, कोषाध्यक्ष : मोइराम तामाङ,सह- कोषाध्यक्ष :शम्सेर तामाङ निर्बाचित भएका छन।त्यसैगरी निर्बाचित हुने सदस्यहरुमा राम चन्द्र तामाङ( ग्याबा),मान कुमार तामाङ,संजय तामाङ पाख्रीन,सितालक्ष्मी तामाङ,भिम बहादुर तामाङ,सोमन तामाङ पाख्रीन,गणेश लामा, सक्षम मोक्तान,लक्ष्मीप्रसाद तामाङ,मणिराज स्याङ्तान तामाङ,भिम बहादुर तामाङ,नेत्रबहादुर तामाङ,हर्क बहादुर तामाङ,श्याम लाल तामाङ,माया तामाङ,पबित्रा योन्जन तामाङ र बिनिता लामा तामाङ रहेका छन।
विधिवत रुपमा दिप प्रज्वलन गरि उट्घाटन गरिएको औपचारिक कार्यक्रममा स्थानिय कलाकारहरुले "तामाङ "गीतमा स्वागत नृत्य गर्दै उपस्थिति लाई मनोरञ्जन दिलाए भने सम्पुर्णलाई प्रथम उपाध्यक्ष नेत्र वाइबा तामाङले स्वागत गरेका थिए ।तामाङ समाज कतारको स्थापना देखि अहिले सम्मको भए गरेका गतिविधि बिस्तृत रुपमा सस्थाका प्रमुख संरक्षक शुक बहादुर तामाङले जानकारी गराएका थिए।
कार्यक्रममा एनआरएनए कतारका प्र. उपाध्यक्ष जे.बी राइ,नेपाल प्रवासी आदिबासी जनजाती महासङ्घ कतारका सल्लाहकारहरु सामुयल सुनुवार, नियम भुजेल, धिरज चाम्लिङ राइ,विशेष सल्लाहकार देवराज राइ, त्यसैगरि सन्ध्याग्रुप कतार बाट गणेश क्षेत्री, किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष शंकरमान राइ,सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष शेर बहादुर सुनुवार,तमु गुरुङ समाज कतारका अध्यक्ष खुशी मान गुरुङ, म्हेन्दोमाया समाज कतार अध्यक्ष प्रकाश तामाङ, तामाङ कलाकार संघका अध्यक्ष तोक बहादुर तामाङ, समाजका विशेष सल्लाहकार तेज मोक्तान तामाङ,प्रमुख सल्लाहकार तिर्थ थिङ तामाङ,पुर्व अध्यक्ष तथा संरक्षक माइला वाइबा तामाङ,पुर्व अध्यक्ष तथा संरक्षक शंखलाल तामाङ लगायतले शुभकामना राखेका थिए ।शुभकामना राख्ने क्रममा तामाङ समाज नेपालका अध्यक्ष रोशन दोंग तामाङ र अन्तर्राष्ट्रिय तामाङ परिषदका बरिष्ठ उपाध्यक्ष टासी लामाले फोन मार्फत शुभकामना ब्यक्त गरेका थिए!
मन्तब्यको क्रममा प्रवासमा स्थापित संस्था "नेपाल प्रवासी तामाङ समाज कतार"ले स्थापनाकाल देखी गरेका विभिन्न कार्यको चर्चा गरेका थिए । तामाङ भाषा लिपी,धर्म,कला, संस्कार, सस्कृति, पहिचान,समावेशी एकता र समृद्ध बनाउन को लागि तामाङ समाज कतारले गरेको उच्च मुल्यांकन गर्दै नवौं अधिबेशन सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रवासी आदिबासी जनजाती महासङ्घ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवारले मन्तव्य राख्दै अहिलेको अवस्थामा आफ्नो धर्म, सस्कृती, पहिचान जोगाउन पहिलो चुनौती बन्दै आएको छ । तर प्रवासी भुमि कतारमा रोजगारीको वाबजुद पनि तामाङ समाज कतार स्थापना गरेर संस्थाले अतुलनीय कार्य गरेको बताए ।साथै तामाङहरु बिच एकता,सहकार्य, आवस्यकतामा जोड दिदै नयाँ आउने कार्यसमितिले अझ उल्लेखनीय कार्य गरोस भन्ने कुरामा जोड दिदै आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रमको अन्त्यमा सभापति धिरेन तामाङले आफ्नो मन्तव्य राख्दै विभिन्न समस्याका बावजुद नवौं अधिबेशन कार्यक्रम सफल पार्नुहुने सम्पुर्णमा धन्यवाद ब्यक्त गरे । साथै कार्यक्रम भब्य एवं सभ्य रुपमा सफल भएको बताउदै आगामी दिनमा पनि यस्तै एकतामा जोड दिए । कार्यक्रमको सहजीकरण भने संस्थाकासचिव सुबास तामाङले गरेका थिए ।